logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको जयखानी र अर्वेनलाई खुल्ला पत्र


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,फागुन १६ ।
जव अर्वेनीको गाउँ निकला काण्ड र पिडकहरु भगाभागको अवस्था भयो तव देखि अर्वेनी र छिमेकी गाविस जयखानीका पिडितहरुको फोन निकै आउने गरेका छन् ।अर्वेनीमै एक नेताको दलित महिला संगको सम्वन्ध र उनका छोराको हाडनाता करणी काण्ड,जयखानीमा एक दलित महिलालाई काम गरेर खाना समेत वन्देज लगाउने धम्की यता अर्वेनीमा जवरजस्ती मोटरबाटो खनेर कसैको घरवास उठाउने ,खानेपानी रोक्का ,गाउँ निकालाको धम्की जस्ता पिडाहरु सुनाउँदै त्यहाँका केहि महिलाहरुले डाको छाड्दै फोन गर्नु हुन्छ मलाई ।

महिला माथी हातपात सामन्य जस्तै बनेको भन्दै रोदन र चित्कार छाड्छन त्यहाँका दिदी वहिनीहरु । ठुलो वाहुल्य रहेको एक समुदायले अर्को समुदायलाई राणकालिन उर्दि लाद्दै दवाउने गरेको पनि त्यहाँका पिडित समुदायको गुनासो छ । सरकारी संयन्त्र त्यहाँ पनि छ । तर पनि विधीको साशन छैन भन्छन् पिडित पक्षहरु । पहिलै देखि हैकम चलाउँदै आएका केहि मुठीभर मानिसहरुले अझै पनि कानुन हातमा ल्याउने काम गरेको व्याप्त गुनासो छ ।

खानेपानी रोक्नु ,कसैको घरवासै उठ्ने गरी जवरजस्ती मोटरबाटो खानी दिनु,अर्की श्रीमति ल्याएर जेठी श्रीमतिलाई वास न गास बनाई दिनु , देउँसी भैलोमा अनिवार्य प्रति घरधुरी दान रकम तोक्नु ,उक्त रकम नदिए वडा निकालाको उर्दि जारी गर्नु ,उसको घरमा काम गर्न पनि न जाने उसलाई पनि कसैको घरमा काम गर्न दिए दुवै पक्षलाई जरीवाना गर्नु जस्ता कुराहरु पनि जयखानीमा सुनिएको छ ।

कारागारका वन्दीलाई त काम गरेर जिविका गर्न छुट छ भने देउसी भैलोमा तोकेको दान नदिए वा उनिहरु संगै देउँसी भैलोमा सहभागी नभएकै कारण त्यस्तो गर्नु कत्तिको जायज हो ? यि लगायत थुप्रै दमन , शोषण र अन्याय अत्यचारका कुराहरु अर्वेनी काण्ड पछि त्यहाँका पिडितहरुले गुहारका रुपमा म संग फोनमा गुनासो गरिएको छ । यसर्थ पनि ति दुई गाविसमा एक दुई जना निडर ,निर्भिक पत्रकार साथीहरु नियमित रुपमा सक्रिय हुनु पर्ने मैले देखेको छु ।

त्यहाँका युवा मित्रहरु तपाईहरु सक्रिय भई दिनुहोस । मोवाईलबाटै रेकर्ड गर्नुहोस् तस्वीर खिच्नुहोस र जिल्लाका पत्रकारहरु संग जोडिनुहोस् । हामीले तपाईहरुको सत्य तथ्य कुराहरुलाई जोडदार ढंगबाट उठान गर्ने छौं । नभए विधीको शासनकापक्षधर त्यहाँका राजनैतिक दलका नेता कार्याकर्ताले सुचित गरे हामी पनि त्यही आउन सक्ने छौं । त्यहाँ जिल्लाको सञ्चार माध्यम नजोडिदा ठुला घटना पनि सामन्य बन्दै गएको महशुस मैले गरेको छु । अर्वेनी काण्ड देखि त्यहाँका थुप्रै कुराहरु आउन थालेका छन् ।

फोनमा त्यो चित्कारा सुन्दा केहि महिनाका लागि त्यही भुमिगत जस्तै भएर रिर्पोटिङ्ग गरौंकी भन्ने सोच राखेर यहाँका मेरा अरु आदरणीय पत्रकाहरु संग पनि कुराकानी गरेको छु । हामीले समय मिलाउन साथ त्यहाँ आईने छ। कृपया यो धम्की होईन विनम्र अनुरोध हो । जो जसले त्यस्तो हैकम लाद्नु भएको छ । जो जसले जो माथी अन्याय अत्यचार र दमन गर्नु भएको छ त्यस्ता कार्यमा सुधार गर्नु होस् । समाज सवैको हो ।

सञ्चार माध्यम पनि तपाई हामी सवैको साझा हो । त्रसाउन खोजेको होईन । साझा चस्माले हेर्दा ति ति कुराहरु सत्य सावित भए जोडदार ढंगले सञ्चार माध्यममा उठाउन हामी बाध्य हुने छौं । कृपया अलि हच्कीनुहोस् अव वल ताकत, हुल जथ्थाकोको भरमा हैकम लाद्ने जमना गया , बेलैमा चेतना भया……..

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend