साझा नेटवर्क
विमल नेपाली बाग्लुङ,फागुन १६ ।
नेकपा एमाले गाउँ कमिटि रिघा बागलुङको पाचौं गाउँ अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले डोल वहादुर राना कुमालको अध्यक्षतामा नयाँ गाउँ कमिटिको गठन गरेको छ।
कमिटिको उपाध्यक्षमा रमेश विक,सचिव तेजेन्द्र श्रीस,सहसचिव कल्पना घर्ति रहनु भएको छ। जसको सदस्यहरुमा जित वहादुर श्रीस,साजन नेपाली,टिकाराम कंडेल, केयर सिंह विक, दुर्गा विक,प्रेमकुश पाध्य,मोतिप्रसाद रुचाल,यम वहादुर राना,सावित्रा सिंजाली, तुल कुमारी राना,भिमला धर्ति, गंगा श्रीस, टेक वहादुर पुन रहनु भएको छ।
कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास केन्द्रिय विभाग सदस्य सुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटि सदस्य डम्वर श्रीस, पूर्व जिल्ला सदस्य ढालेन्द्र शेरचन, जिल्ला निर्वाचन विभागका उपप्रमुख प्रमोद शर्मा, सदस्य लक्ष्मण वराल, नेपाल राष्ट्रिय शिक्षक संगठनका तुल वहादुर श्रीस, नेकपा एमाले दगा अध्यक्ष रेम वहादुर भुजेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले रिघाका अध्यक्ष धिरेन राजवंशिको अध्यक्षता, वर्तमान अध्यक्ष डोलेन्द्र रानाको स्वागत मन्तव्य तथा सदस्य दान वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend