साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी फागुन १६।
नेपाली काँग्रेस अर्लाङ्कोट गाँउ कार्य समितिका आयोजनामा आज कार्यकता भेटघाट तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस अर्लाङ्कोट गाँउ कार्य समितिका सभापति टिकाराम सापकोटाको सभापतित्व रहेको कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा जिल्ला सचिब खिलध्वज पन्थी, महिला सञ्चाल गुल्मीकी प्रमुख बिष्णु सापकोटा, पुर्व जिल्ला सचिब बिष्णु बलाल, जिल्ला सदस्यहरु कल्पना घिमिरे, कौरब खत्री, महाधिबेशन प्रतिनिधि ज्ञानु सापकोटा, क्षेत्रीय कोषाध्यक्ष मृगेन्द्र प्रसाद रिजाल, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, नेका वामी सभापति सुदर्शन शाक्य, नेबिसंघ जिल्ला सहसचिब बिष्णु प्रसाद आचार्य, दलित संघ प्रतिनिधि शंकर परियार, पुर्ब जिल्ला सदस्य फन बहादुर रायमाझी, प्रहरी चौकी वामी प्रमुख लाल कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले गुल्मी जिल्लालाइ बिकास निर्माणमा नुमना बनाउन नेपाली काँग्रेस लागेको बताउनुभएको छ । उहाँले काँग्रेसले जे बोल्छ त्यही गर्ने बताउँदै मुसीकोट नगरपालीका कायम गराउनको लगि नेपाली काँग्रेस जिल्ला कार्य समितिको बिशेष भुमीका रहेको बताउनुभयो ।
उहाँले काँग्रेसको नेतृत्व नभएको कारण मध्यपहाडी लोकमार्गले गुल्मीलाइ छुन नसकेको धारणा राख्दै वामीटक्सार काँडेबास सडकखण्डलाइ पनि मध्यपहाडी लोक मार्ग भन्दा कम हुन नदिने बताउनुभयो । त्यसेगरी कार्यक्रममा बोल्दै बिशेष अतिथि जिल्ला सचिब खिलध्वज पन्थीले पनि जिल्लामा बिभिन्न बिकासका कामहरु काँग्रेसले गरेको बताउँदै जनताको पक्षमा आफुहरु सदैब भएको बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि महिला सञ्चाल गुल्मीकी प्रमुख बिष्णु सापकोटा, पुर्व जिल्ला सचिब बिष्णु बलाल, जिल्ला सदस्यहरु कल्पना घिमिरे, महाधिबेशन प्रतिनिधि ज्ञानु सापकोटा, क्षेत्रीय कोषाध्यक्ष मृगेन्द्र प्रसाद रिजाल, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, नेका वामी सभापति सुदर्शन शाक्य, तरुण दल अर्लाङ्कोट अध्यक्ष हरिनारायण सापकोटा, क्रियाशिल सदस्य दुर्गादत्त सापकोटा, नेबिसंघका सुजन खरेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेका अर्लाङ्कोट गाँउ कार्य समितिका सचिब गीरीराज खरेलले स्वागत भाषण राख्नुभएको थियो भने क्रियाशील सदस्य कालीदास खरेल र ज्ञानहरी सापकोटाले सो कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका अवसरमा बिभिन्न पार्टीहरु परित्याग गरी १० जना काँग्रेसमा प्रवेश गरेका थिए ।
उता पौदी अमराइ गाँउ बिकास समिति वडा नम्बर ४ मा अन्य दल परित्याग गरी १० जना नेपाली काँग्रेसमा प्रबेश गरेको त्याहाबाट क्षेत्रीय सदस्य मोहन घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा क्षेत्रीय सदस्य मोहन घिमिरे, गाँउ कार्य समितिका सभापति दान बहादुर केसी, उपसभापति पुर्ण बहादुर हितान, कोषाध्यक्ष डम्बर बहादुर थापा, वडा अधयक्ष कृष्ण बिक लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमले आसन्न स्थानीय निकायको चुनावमा नेपाली काँग्रेसलाइ उच्च शिखरमा पुर्याउने भन्दै बिभिन्न योजनाहरु समेत तयार पारेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend