logo
  • शुक्रबार, असोज ९ २०८३

स्ववियु चुनावको माहोल तात्दै कतै सर्वसम्मत कतै तालाबन्दी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १६।
आठ बर्षपछि हुन थालेको स्वबियुको चुनावले जिल्लाका विभिन्न क्याम्पसहरुको महोल तातेको छ । सवै भन्दा पुरानो र धेरै बिद्यार्थी भएको रेसुङ्गा बहुमुखि क्याम्पसले सदरमुकाम नै चुनावमय भएको छ । गाउँ गाउँका क्याम्पसको पनि रौनक कम छैन । जिल्लामा आंगिक र पब्लिक गरी ११ वटा क्याम्पसहरु रहेका छन् ।

दुई क्याम्पसमा सर्व सम्मत नेतृत्व जिल्लाका ११ क्याम्पस मध्ये दुई वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भैसकेको छ । जनज्योति बहुमुखी क्याम्पस पुर्कोट र रुरु संस्कृति बिद्यापीठ रिडीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जनज्योती क्याम्पस पुर्कोटदहमा अखिल क्रान्तिकारीका सृजना घिमिरे र रुरु संस्कृत बिद्यापीठ रिडीमा नेविसंघका सुयस रिजालले नेतृत्व लिएका छन् ।

रुद्रावती बहुमुखी क्याम्पसमा ताला रुद्रावती बहुमुखी क्याम्पस वामीमा १० फागुनबाट लागेको ताला अझै खुल्न नसक्दा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नै अन्यौलमा परेको छ । क्याम्पसमा फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुका बिद्यार्थीहरुले क्याम्पसमा ताला लगाएका थिए । बिभिन्न चरणमा भएका बार्ताहरु पनि निष्कर्ष भएपछि निर्वाचन लगायत क्याम्पसका हरेक गतिविधि ठप्प

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend