logo
  • शुक्रबार, असोज ९ २०८३

फेरी कांग्रेसले हाल्यो एमालेमा पहिरो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी फागुन १५ ।
केहि दिन अघि तम्घासको कांग्रेसमा एमालले ल्याई दिएको पहिरोको समाचार लगत्तै वदलावकै रुपमा कांग्रेसले फेरी बडागाउँ र हस्तीचौरको एमालेमा ठुलै पहिरो ल्याई दिएको दावि गरेको छ । कांग्रेस पाटी जिल्ला सचिव खिलध्वज पन्थीले हस्तीचौरमा ५१ जना  र बडागाउँमा २ सय ५१ जना  कार्यकर्ता एमालेबाट कांग्रेसमा प्रवेश गरेको दावी गरेका छन् ।

दजाकोटमा एमालेबाट कांग्रेसमा प्रवेश गर्ने घरधुरीको संख्या १ सय ७ रहेको पन्थीको भनाई छ । एमालले भने त्यस गाउँमा पुरै घरधुरीको संख्या नै त्यति छैन त कसरी त्यति मानिस काग्रेसमा सरे ? भनेर प्रतिप्रश्न गरेको छ । एमालेका सचिवालय सदस्य गणेश श्रीपालीले भने–‘ ५० पनि नहुने ४९ पनि नहुने ठ्याक्कै सय पनि नहुने प्रवेश गर्नेहरु संख्या कि ५१ , कि १ सय वा २ सय ५१ पुग्ने , के त्यो पार्टी प्रवेश गर्ने मान्छेको संख्या नभएर चन्दा रकम हो र ? भन्दै व्याङ्ग गरे । उनले भने–‘चन्दाकै शैलीमा खिलध्वज जिबाट आउने प्रवेश प्रपोकाण्डको संख्या पाँच प्रकारका छन् । उहाँले पार्टी प्रवेश गर्नेको सख्या कि २८ वा ४८ , ७२ र मुलतः ५१ बनाउनु हुन्छ । त्यो उहाँका लागि शुभ सख्या वा गणना पनि होला तर तपाई दजाकोटमा गएर मानिसका टाउकै गनेर हेर्नुस त्यत्रो सख्या नै छैन भने त्योकार्यकर्ता प्रवेश नभएर हवाई प्रवेश हो । उनले गुल्मी कांग्रेसमा २०४८ सालको हर्कत दोहरिएको आरोप लगाए ।

२०४८ सालमा नेपालको कुल जनसख्या भन्दा बढि जनता नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार रेडियो नेपालबाटै प्रशारण भएको बताउँदै श्रपालीले भने २०४८ पछि बडागाउँको दजाकोटमा पनि त्यही कुरा कांग्रेसले दोहरायो कि त्यहाँका कुल जन संख्या भन्दा बढिको प्रवेश ।,उनले अर्कै कार्यक्रम हो भनेर सवैलाई बोलाउने , दुई चार मिटर पाईप देखि अनेक कुरा दिलाउ छौं भनेर पुरै गाउँवासीलाई बोलाउने , सम्मानका नाममा टिका अविर लाईनैलाई लगाई दिने र पछि मिडियामा पार्टी प्रवेशको हौवा दिने संस्कृतिको अन्य हुनु पर्नेमा जोड दिए । त्यसो त केहि दिन अघि उपल्लो तम्घासबाट कांग्रेस परित्याग गरी ६० जना भन्दा बढि एमालेमा प्रवेश गरेको भन्ने विषयलाई पनि कांग्रेसले त्यस्तै व्याङ्ग गरेको छ । काग्रेस नेता पन्थीका अनुसार दजाकोटका छविलाल राना , टोपबहादुर पुन , विष्णु थापा र शर्माजित कुमाल सहित २ सस ५१ जना प्रवेश गरेको जानकारी दिए ।

उता हस्तीचौरमा अञ्जना नेपालीको नेतृत्वमा ५१ जना कार्यकर्ता एमालेबाट कांग्रेसमा प्रवेश गरेको हस्तीचौरका सभापति चुराबहादुर खत्रीले जानकारी दिए । लिम्घा लगायतका विभिन्न गाविसमा पनि सख्यामा ‘एकाउन्ने लहर’ चलेको नेताहरुले बताएका छन् । यसै विच हस्तीचौरमा नेपाल तरुण दलका पुनर्गठन भएको जनाएको छ , । सो पार्टीका गाउँ सभापति चुराबहादुर खत्रीको अध्यक्षतामा बसेको भेलाले नेपाल तरुण दल हस्तीचौर गाउँ कमिटीको पुनर्गठन गरेको हो । अध्यक्षमा हरिबहादुर खत्री , उपाध्यक्षमा निमबहादुर केसी, सचिवमा जितन थापा , कोषाध्यक्षमा वावुराम पन्थी सहित २५ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।त्यस्तै भुपु सैनिक संघ पनि गठन गरिएको छ । अध्यक्षमा बजिरबहादुर कुँवर , उपाध्यक्षमा दुर्गाबहादुर सारु , सचिवमा रनबहादुर रेश्मी , कोषाध्यक्षमा दलबहादुर सारु सहति १५ सदस्यीय गाउँ कमिटी गठन गरिएको जनाईएको छ । भेलाले महिला संघ हस्तीचौर पनि गठन गरेको छ । अध्यक्षतमा कल्पना रिजालको संयोजकत्वमा महिला संग गठन गरिएको सभापति खत्रीले बताए । एमालेबाट रामप्रसाद खनालको नेतृत्वमा ५१ जना प्रवेश गरेको जिल्ला सचिव पन्थीले पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend