logo
  • शनिबार, असोज १० २०८३

मगर संग गुल्मीले मनायो स्थापना दिवस


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी फागुन १५ ।
नेपाल संग गुल्मीले आज सदरमुकाम तम्घासमा भव्य रुपमा ३५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत तिन दिन देखि स्वर्गिय दलबहादुर राना मगर स्मृति खुल्ला भलिवल प्रतियोगिता गरिनुका साथै ३५ औं स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथी सभासद दिलशोभा पुनले मगर समुदायको गुमाउँदै लगिएको पहिचान स्थापित गर्न मगर समुदायहरु लाग्नु पर्नेमा जोड दिएकी थिईन् । उनि आज नेकपा एमालेमा भुमिगत छंदाको वर्षंऔ पछि एमाले नेता तथा आफ्ना श्रीमान वोमबहादुर खड्का संग केहि वेर छमछमी नाच्ने अवसर समेत पाएकी छिन् । उनि संगै नाचेका नेपाल मगर संगका अध्यक्ष टिका रेश्मीले नाचि रहेकी सांसद पुन संग नाच्न मञ्चमा वसेका उनका श्रीमान वोमबहादुर खड्कालाई आग्रह गरे पछि यस्तो संयोग मिलेको थियो ।

कार्यक्रममा मगर सुमुदायको कला संस्कृति , भेषभुषा र खाने परिकार समेत प्रर्दशन गरिनुका साथै अतिथीहरुको सत्कार समेत गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सल्लाहकार वालसिंह काउछा , नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेपाली कांग्रेसका जिल्ला प्रतिनिधी प्रकाश भलामी , नेकपा माओपवादी केन्द्रका जिल्ला प्रतिनिधी अशोक थापा , राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना , प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल , गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसाल नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनार , ईन्टीग्रेटी आईडल २०१६ का आईडल एवं शिद्धवावा उच्च माविका प्राचार्य डोरविक्रम श्रीस् लगायतको विशेष आतिथ्यता रहेको थियो । विजेता खेलाडीहरुलाई सांसद दिलशोभा पुनद्धारा पुरस्कृत गरिएको खेल संयोजक महेश काउछाले जानकारी दिए ।माओवादी केन्द्रको नगरअधिवेशन भोली नेकपा माओवादी केन्द्र गुल्मीले भोेली रेसुङ्गा नगरअधिवेशन गर्ने भएको छ । भोली सदरमुकाम तम्घासमा भव्य रुपका नगरअधिवेशन गर्ने तयारी पुरा गरिएको सो पार्टीका क्षेत्र नम्वर २ का संयोजक अशोक थपाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend