logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका कलाको देशभक्तिपूर्ण गित “जोगाउनु छ कालापानी”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी फागुन १५ ।
देशको सिमाना जोगाउन र नयाँ पुस्तालाई जागरुक बनाउ भन्दै नयाँ देस भक्ति गित सार्वजनिक भएको छ । देशको सिमाना जोगाई नयाँ पुस्तालाई परिर्वतन गर्न भन्दै लोकप्रिय गायिक कला पंगेनीको नयाँ देशभक्ति एल्बम “जोगाउनु छ कालापानी” सार्वजनिक भएको हो । देशभक्ति गितमा देशमा सबै फेरिए तर देश नफेरिएको प्रति भावमा गित तयार गरिएको छ ।अब देश बनाउन सबै युवा देशमा बसेर काम गर्नु पर्ने र देश बन्ने गितको मुख्य भाव रहेको छ । काम गरे देशमा केहि गर्न सकिन्छ देशमा बसेर केहि गर्नू पर्छ भन्ने सन्देस दिन गित तयार गरेको गायिक कला पंगेनीले बताइन । देशमा सबै फेरिदा पनि देशको कुनै गति पनि परिर्वतन नभएको प्रति गितमा मर्म स्पर्शी शब्दमा उल्लेख छ ।

धेरै युवा शक्ति विदेशिदा उब्जनी भुमी बाझै रहयो, गाउँवेसी शुन्य भयो गितको शब्दमा रहेको छ । युवा शक्ति बिदेसिदा देशमा मलामीको अभाव हुदै गयो पौरखीले देश छोडदा देश फेरिन नसकेको प्रति गितले सन्देस दिन खोजेको छ । गायक पशुपति शर्मा र गायिका कला पंगेनीको सुमधुर स्वर रहेको गितमा दुर्गा पंगेनीको शब्द र गायक पशुपतीको लय रहेको छ ।

गितको म्युजिक भिडियो पशुपती शर्मा, कला पंगेनी, बिपेश घिमिरे, बिनु खड्का, भटभटे माइला लगायतका कलाकरहरुको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शंकर बिसीको रहेको छ ।

गितको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend