logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीका होटलहरु अनुगम गर्ने अभियान जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, वामी गुल्मी फागुन १४ ।
होटल ब्यबसायी मञ्च गुल्मीले जिल्लाका बिभिन्न क्षेत्रहरुमा अनुगमन शुरु गरेको छ । बिहिबार बाट मञ्चले जिल्लाका बिभिन्न क्षेत्रहरुमा शुरु गरेको अनुगमन अन्तर्गत आज वामीका होटलहरुको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा होटलहरुमा अन्य धेरै कुराहरु सुधार भएको देखिएका तर अलिक बढी सरसफाइमा ध्यान दिनुपर्ने भएको मञ्चका संस्थापक अध्यक्ष युबराज भण्डारीले जानकारी दिनुभयो । उहाँले आफुहरुको आन्तरीक अनुगम चार दिनको लागि शुरु गरिएको जानकारी दिनुभयो । साथै उहाँले होटलहरुलाइ स्थानीय स्तरमा उत्पादन हुने खाद्य पदार्थहरुलाइ प्राथमिकता दिन आग्रह गरिएको जानकारी दिनुभयो ।

बजारमा पाइने अन्य खानाहरु शरीरको लागि हानीकारक हुने तर गाँउ घरमै पाइने मकै, कोदो, फापर लगायतबाट परिकारहरु बनाउने तर्फ आफुहरु प्रोत्साहन गर्ने तर्फ लागेको जानकारी दिनुभयो । उहाँका अनुसार आगमी चैत्र महिनामा यसै बिषयमा तालीमको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend