साझा नेटवर्क
अनिश शर्मा गैरे,वामी गुल्मी फागुन १४ ।
नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका सचिब एबम युवा नेता खिलध्वज पन्थीले समाजका बिकृतिहरु हटाउने प्रमुख दायित्व युवाहरुको भएको बताउनुभएको छ । न्यु प्रगतीशिल युवा परिवार पौदीअमराईको आयोजनामा भएको शिबरात्री बिशेष तथा १५ औ बार्षिकोत्सब कार्यक्रमको आज समापन गर्ने कार्यक्रममा बोल्दै उहाँले समाजलाइ कुन दिशाबाट हिडाउने भन्ने सबै जिम्मा युवाहरुको भएको बताउनुभयो ।
पौदीअमराइमा युवाहरु संगठित भइ क्लबको स्थापना गरेर समाजमा गरेका कामहरुको प्रशंसा गर्दे उहाँले यसरी नै युवाहरु देशमा संगठित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेता पन्थीले गुल्मी जिल्लालाइ बिकासमा कत्ति पनि पछाडी नपार्न आफुहरु लागि परेको बताउनुभएको छ । स्थानीयहरुले पौदीअमराइमा आबश्यक परेका बिकास सम्बन्धी मागहरु प्रस्तुत गरेपछि उहाँले आगामी आर्थिक बर्षमा पौदीअमराइका जनताले लिफटिङ्ग प्रबिधि मार्फत पानी प्रयोग गर्न पाउने जानकारी दिनुभयो ।
ग्राभेल गरिएको राम्रो सडक हँदा पनि गाडी नहिड्ने समस्यालाइ पनि निराकरण गर्न आफुले ब्यबस्था गर्ने बताउनुभयो । फरक प्रसँगमा बोल्दै नेता पन्थीले देशले दशकौ देखीको उपलब्धि हासिल गरी संबिधान बनाएको र यो संबिधानले देशका हरेक नागरीकको अधिकार सुनिश्चित गरेको ठोकुवा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्काले संबिधान जारी भएको कागजमा मात्र नभइ समग्र देश र नागरीकको बिकासको लागि भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, नेका वामी सभापति सुदर्शन शाक्य, नेका पौदी अमराइका सभापति दान बहादुुर केसी, एम्बुलेन्स अभियन्ता मोहन घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष लाल बहादुर नेपालीको अध्यक्षता रहेको थियो भने नेका गुल्मीका सचिब खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्का, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, जिल्ला सदस्य कौरब खत्री, वामीका सभापति सुदर्शन शाक्य, मोडल खुम गाउँले, नेका पौदीअमराइ सभापति दान बहादुर केसी, रेडियो पुष्पाञ्जलीका स्टेशन मेनेजर प्रकाश घिमिरे, स्टेशन कोअर्डिनेटर अनिश शर्मा गैरे, प्रहरी चौकी पौदीअमराइका इन्चार्ज राजेश नेपाली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा समाजसेवी ढालेन्द्र बिकले स्वागत भाषण राख्नुभएको थियो भने सञ्चालन खेल संयोजक शक्तिराज घिमिरे तथा लालु गीरीले गर्नुभएको थियो ।
कार्यक्रममा आज पुरुष भलिबल प्रतियोगीाको फाइनल, रेकर्ड डान्स, घैटोफोर, एकल लोक गीत लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । कार्यक्रम यही फाल्गुण १० गतेबाट शुरु भएको थियो । हाम्रो पौदी हाम्रो गौरब, हामी युवा हाम्रो पौरख भन्ने मुल नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अनुरोध युवा क्लबको बिशेष सहयोग रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend