साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन १२ ।
विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुको लहरनै चलेको छ । केहि दिन अघि सदरमुकाम तम्घासमा युवाहरुको सिंगो जमात नै एमालेमा प्रवेश गरेको दुई दिन पछि पुन बिहिवार चार दर्जन एमालेमा प्रवेश गरेका छन् ।

रेसुंगा नगरपालिका वडा नं ६ नेकपा माओवादीका जिल्ला सदस्य राम प्रसाद मरासिनी, बिष्णु प्रसाद मरासिनी, सुवास मरासिनी वडा नं ५ का हुम बहादुर सुनार सहितका स्थानीय नेता तथा कार्यक्रताहरु एमाले प्रवेश गरेका हुन । प्रवेश गर्ने सवैलाई एमालेका केन्द्रिय सचिव तथा सांसद गोकर्ण बिष्टले स्वागत गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसमा क्रियाशिल रेसुंगा नगरपालिका ६ का गिरीराज अर्याल लगायतका कांग्रेस कार्यक्रताहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताउनुभयो ।

प्रवेश कार्यक्रममा बोल्दै राम प्रसाद मरासिनीले नेकपा एमालेको अखण्ड प्रदेश नं ५ मा एमालेले खेलेको भुमिका र नाकाबन्दीको समयमा राष्ट्रियताको पक्षमा देखाएको भुमिकाका कारण एमालेमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव सोमनाथ सापकोटा, एमाले नेताहरु डिल्लीराज भुसाल, कृष्ण सुनार, गणेश श्रीपालले उनीहरुलाई स्वागत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend