साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ फागुन १२ ।
दशकौ बर्ष देखि समाजसेवा गर्दै खाडी मुलुकका कामदार तथा श्रमिकहरुको पक्षमा वकालत गर्दै उनीहरुको पक्षमा लडाई लड्दै आएकी बरिष्ट समाजसेवी आशा लामा युएईको राजदुतको सिफारिस लगत्तै युएईका श्रमिकहरुले खुसियाली मनाएका खबर आएको छ ।
२०१० सम्म म्यानपावर ब्यबसायमा संलग्न भई बिसेष गरि खाडी मुलुकमा काम गर्ने कामदारहरुको स्थिति, कामदारहरुको समस्या र समाधान तथा उनिहरुले भोग्नु परेको दुख र पिडाहरुको बारेमा जानकार तथा बिज्ञको रुपमा चिरपरिचित आशा लामाले २०११ देखि आशा फाउन्डेसन नामक सस्था खोलि खाडी मुलुक गएका नेपालीहरुको पक्षमा काम गर्दै आएकी छिन । सयौ महिला तथा पुरुषहरुलाई खाडी मुलुकहरु बाट उद्दार गरिसकेकी समाजसेवी आशा लामाले उनीहरुलाई उद्दार मात्र गर्ने होईन उनीहरुको लागि कानुनि प्रक्रियामा समेत सघाउदै क्षति पुर्ति दिलाउने समेत काम गरेकी छिन ।
समाजसेवा मार्फतनै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड समेत हात पारेकी लामा कुटनीतिक रुपमा पनि एक सबल महिलाको रुपमा परिचित छिन । नेपाली कांग्रेशको कोटा बाट राजनैतिक सिफारिसमा परेकी आशा लामा इलाम जिल्लाकि हुन । सानै देखि राजनीतिक पृष्ठ भुमिमा हुर्केकी आशा लामाका बाबा नेपाली कांग्रेशका चिर परिचित नेता तथा कार्यकर्ताको रुपमा चिनिन्थे । जब नेपालमा प्रजातन्त्रको लागि लडाई सुरु भयो त्यतिनै बेला देखि महानायक बिपी कोईरालाको सामिप्यमा बसेर ईन्डिया बाट नेपाली कांग्रेसको लागि काम गर्दै आएका थिए ।
समाजसेवी आशा लामा युएईको लागि राजदुत सिफारिस भए लगत्तै कति म्यानपावर ब्यबसायीहरुले खुसियाली मनाएका छन भने कतिले बिरोध समेत गर्दै आएका छन । निडर तथा हट्टि स्वभाबकि आशा लामा बोलीमा भन्दा पनि बेसी कामलाई विश्वास गर्ने र आफुले सुरु गरेको कामलाइ सधै प्रतिफल दिएर दिन दुखि पिडित र श्रमिक कामदारहरुको पक्षमा बोल्दै र सम्बन्धित निकायमा समेत गलत काम कारबाहीको बिरुद्द ससक्त रुपमा आवाज उठाउदै आएकी एक पिडितहरुको अबिभाबकको रुपमा परिचित छिन ।
श्रोतका अनुसार उनि राजदुत भएर युएइ आउने खबरले सम्पूर्ण नेपाली समुदायहरुले हर्सौल्लास गर्दै खुसियाली मनाएका छन । उनीहरु भन्छन सधै कामदारको पक्षमा वकालत गर्दै उनीहरुको उद्दारमा अहोरात्र खटिदै आएकी आशा लामा राजदुतमा नियुक्त भए लगत्तै धेरै भन्दा धेरै सकारात्मक काम र नेपाल सरकारको हितमा काम हुनेमा बिस्वाशरत पनि छन । कुशल कार्यक्षमता भएकी आशा लामा समाजसेवामा मात्र नभएर प्रशासनिक, कुटनैतिक हिसाबले पनि अब्बल रुपमा परिचित छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend