साझा नेटवर्क
संगीता कुँवर, जापान फागुन १२ ।
करोडौ मुल्य बरावरको लागु औषध ओसार पसार गरेको आरोपमा जापान प्रहरीले दुई नेपालीलाई पक्राउ गरि सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा २९ वर्षिय तापन तामाङ महिला भने २७ बर्षिया डंगोल देबी भएको जापानी संचारमाध्यमले रहेको जनाइएको छ ।
लागु औषध ओसार पसार गर्ने जापानमा भोकेसनल कलेज अध्ययनरत तामाङ थरका युवा तथा रेष्टुरेन्टमा पार्टटाईम काम गर्दै आएकी महिलालाई करिव दुई महिना लामो अनुसन्धान पछि पक्राउ गरि सार्वजानिक गरेको हो । भारतिय हवाई मार्गहुदै जापानको नारिता एयरपोर्ट मार्गबाट आएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
बरामत गरिएको लागुऔषधमा करिव साँढे तीन किलो चरेस राखी उनीहरुको ठेगानामा कुरियर गरि पठाईएको थियो। लगत्तै प्रहरीले उनीहरुको कोठामा छापा मार्दा थप १८ किलो ६सय ग्राम चरेस भेटाएको थियो। गत डिसेम्वरमा आएको सामानमा यसरी लागु औषध पाईएपछि जापान प्रहरीले दुवैलाई पक्राउ गरि आज सार्वजानिक गरेको हो ।
ती बाध्यबाधक सामाग्री कुरियर मार्फत पुगेपछि लागुऔषध ओसारपसारमा उनीहरुको संलग्नता पत्ता लागेको थियो । लागु औषध ओसार पसारमा संलग्न ठूलो गिरोह हुनसक्ने अनुमान गरेको छ । बरामत गरिएको लागु औषधको बजार मुल्य करिव १५ करोड जापानी येन भएको प्रहरीले दावी गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend