logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको कर्मचारीहरुलाई आचरण सुधार गर्न निर्देशन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी, फागुन ११ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा केन्द्रिय अनुगमन तथा निरीक्षण टोलीका संयोजक टंकमणी शर्माले गुल्मीका कर्मचारीहरुको आचरण र व्यवहारमा सुधार ल्याउन निदेशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित जिल्लाका कार्यालय प्रमुखहरु संगको भेटमा उनले विभिन्न विषयमा निर्देशन समेत दिएका छन्। सेवाग्राहीहरु संग शिष्ट संग प्रस्तुत हुने उनिहरुलाई सास्ती दिने काम कदापी नर्गे र छिटो भन्दा छिटो सेवा दिन उनले प्रमुख जिल्ला अधिकारी सहित यहाँका कार्यालय प्रमुखहरुलाई निर्देशन थिए। हेरक कार्यालयका समस्या र विकास निर्माणको गतिविधी बुझ्दै उनले वैशाखमा स्थानिय पारदर्शीता भए नभएको बुझ्दै सचिव शर्माले यहाँका विकासे अड्डाहरुलाई बैशाखमा स्थानिय निकायको निर्वाचन हुने भएकोले चैैत्र महिना भित्रै काम सम्पन्न गर्न निर्देशन दिए ।

अनुगमन टोलीमामा संयोजक शर्मा सहित सदस्यहरु अर्धमन्त्रालयका सहसचिव वावुराम भण्डारी,प्रधानमन्त्री कार्यालयका सह–सचिव रामेश्वर ढङ्गोल,सोही कार्यालयका उप–सचिव तारानाथ अधिकारीको टोली रुपन्देही र अर्घाखाँची जिल्लाको अनुमन गरी गुल्मी आएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना र विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्ना कार्यालयको अवस्थावारे अनुगमन टोलीलाई अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend