साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन ११।
एमाले नेता, पार्टी सचिव एवं सांसद गोकर्ण विष्टले कुर्घा गाविसको खडग प्राविको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले खडग प्राविमा अक्षयकोष स्थापना विभिन्न सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यस्तै बिदालयको शैक्षिक एवं भौतिक विकासको निम्ती आफुले जस्तो सुकै पहल गर्न सहयोग गर्ने नेता बिष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै भर्खरै भवन निर्माण गर्दै गरेको शारदा बिद्या मन्दिर वामीको पनि अनुगमन गर्नुभएको छ । अगुगमनका क्रममा सांसद बिष्टले बिद्यालयको भवन भुकम्पले भत्काएको तथा बिद्यार्थी अनुसारको भवन नभएकाले थप कोठा र बिद्यालयको भवन पुर्ण बनाउने गरी आफुले सहयोग गर्ने बताए त्यस्तै बिद्यालयका समस्याका बारेमा भवन निर्माण समिति र बिद्यालयले नेता बिष्टलाई ज्ञापन पत्र पनि दिएको छ ।
यसैबिच वाग्लुङ र्खबाङ्घ बजारका स्थानीयले बढिघाट खोला र दरम खोलाले आफुहरुलाई जोखिममा पारेको भन्दै तटबन्दको लागी केन्द्रमा पहल गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउँदै स्थानीयहरुले बर्खामा ढुक्कका साथ सुत्ने वातावरण मिलाईदिन नेता बिष्टको ध्यानाकर्ष गरेका थिए
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend