साझा नेटवर्क
प्रेम सुनार, गुल्मी फागुन ९ ।
केहि दिन अघि गुल्मीमा चन्दा उठाएर आमाको काज किरिया गदैं छोरीहरु भन्ने समाचार ओझेलका खवर मार्फत यस साझा नेटवर्क डटकम बाट प्रशारण भए लगत्तै देश विदेशवाट लाखौं सहयोग संकलन भई सकेको छ भने सहयोग हुने क्रम तिव्र रुपमा अगाडी बढेको छ।
गुल्मीको भनभने गाविस वडा नम्वर ८ टुमुरखर्कका १७ वर्षिया मिना घर्ति र १३ वर्षिया उनकी वहिनी जमुना घर्ति चन्दा उठाएर आमाको काज किरियामा बसेको समाचार यस साझा नेटवर्कडट कम बाट प्रशारण गरिएको थियो ।उक्त समाचार प्रकाशित भए लगत्तै जमुना घर्तिकोा नाममा ग्लोवल आईएमई बैंकमा खोलिएको खातामा आईतवार सम्म १ लाख ४४ हजार सहयोग जम्मा भई सकेको छ ।
त्यस्तै सोमबार धादिङ्गको वेनीस्घाट ७ का गुणराज त्रिपाठीका दम्पत्तीले ५ हजार १ सय ५ रुपैयाँ गुल्मी आएरै पिडित ति दुई वहिनीलाई हस्तान्तरण गरेका छन् । प्रमुख जिल्ला अधिकारीको कृष्णप्रसाद ढुङ्गानाको रोहवरमा उनिहरुलाई त्रिपाठी दम्पत्तीले उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दा त्रिपाठी रोए
मेरो वावु आमा पनि सानैमा मृत्यु भएको थियो । सिडियो साव भन्नुस त हेर्दा खेरी त म पढा लेखा व्यक्ति जस्तो देखिन्छु होला तर प पढेको छैन साक्षर मात्रै छु किन कि मेरो हालत पनि यहि नानीहरुको जस्तै थियो र मैले पढ्न नपाएको हुँ,–त्रिपाठीले गहभरी आँशु पार्र्दै भने–‘त्यही भएर त्यति टाढाबाट उनिहरुले मेरो जस्तै अवस्था भोग्न नपरोस भनेर सहयोग गर्न आएको हुँ ।’
श्रीमतिलाई मोटसाईकलमा राखेर गुल्मी आएका त्रिपाठीको सहयोगी भावनालाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले धन्यवाद दिए र आभार प्रकट समेत गरे। ‘ आफुले पढ्न नपाए पनि छोरा भुवन र रवि अनि छोरी अनिषालाई उच्च शिक्षा हाँसिल गराएको र दुवै छोरा अहिले अमेरिका पुगेको , छोरीले काठमाण्डौंमा पढ्दै गरेको बताउँदै उनले थपे –मैले यि दुई वहिनीहरुलाई पनि त्यस्तै बनाउन चाहेको छु । ’
लगत्तै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले काठमाण्डौस्थित चर्चित पुस्तक लेखक तथा साहित्यकार चुरामणी गौतमलाई फोन हाने । १ लाख रुपैयाँ सहयोग गरेका गौतम ति दुई नानीहरु संग वोल्न चाहेका रहेछन् । ढुङ्गानाले फोनमा कुरा गराए । दुवैलाई गौतमले निकै सम्झाए । धेरै पढ्न हौसाए ,फुर्सद मिले सम्म आफु पनि भेट्न आउने तिमीहरु प्नि थप दुख तक्लीफ परे फोन गर्न सुझाए ।
उनिहरुलाई आईएमई गरेर थप सहयोग कतारबाट दाङका शम्सेर राणाले पठाएको ति वालिकाहरुले बताएका छन् । त्यस्तै पोखराबाट रेनु गिरीले ५ हजार , कतारबाट कपिल देव बढुले ३ हजार पठाई सकेका छन् । पठाउने क्रममा दर्जनौ रहेको उनिहरुले बताए । जापानबाट नवलपरासी प्रगति नगरका गोविन्द्रप्रसाद दवाडीले ५० हजार पठाउन लागेको बताएका छन् ।
यसरी हाल सम्म २ लाख ६८ हजार उनिहरुलाई राहत संकलन भएको छ । यस समाचारदाताले रिर्पोटिङ्गकै क्रममा त्यसै गाउँवासी संग सहयोग संकलन अभियान जारी गरी २० हजार संकलन गरी उनिहरुलाई हस्तान्तरण गरी फर्केको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend