logo
  • शनिबार, असोज १० २०८३

बिद्यार्थीलाई स्वास्थ्य सामाग्री बितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी,फागुन ९।
गुल्मी जिल्लाको उर्लेनी स्थित रानीपोखरा निम्न माद्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई गुल्मीको एक संस्थाले स्वास्थ्य समाग्री बितरण गरिएको छ । तम्घास क्याम्पसरोड निवासी समाजसेवी मान बहादुर एण्ड मायाँदेवी फाउन्डेसनको आर्थिक सहयोगमा बिद्यालयमा रहेका १ सय ४८ जना विद्यार्थीहरुका लागी एक कार्यक्रमका बिच दात माझ्ने ब्रस र पेस्ट बितरण गरिएको हो । जिल्लामा अबस्थित सशस्त्र प्रहरी बल गुल्मको आयोजना गरेको कार्यक्रममा सो सामाग्री बितरण गरिएको थियो।फाउन्डेसनबाट प्राप्त सामाग्री बिद्यालयको परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल गुल्मीका गुल्मपती डिएसपी दिग बिजय सुबेदीले सामाग्रीहरु बितरण गरेका हुन। जिल्लामा सरसफाइ तथा बिपद ब्यबस्थापन् सम्बन्धी सचेतना फैलाउने कार्यक्रममा सक्रिय हुँदै आएकोमा यस पटक बिद्यालयमा स्वास्थ्य सचेतना सम्बन्धी कार्य गरौ भन्ने लागेर यो कार्य गरिएको डिएसपी सुबेदीले बाताए । कार्यक्रममा डा.दीपेन्द्र कुँवरले दात माझ्ने बिधी समेत् विद्यार्थीहरुलाई प्रयोगात्मक् रुपले सिकाएका थिए । बिहान र बेलुका खाना खाइ सकेपछी दात माझ्न डा.कुँवरले विद्यार्थीहरुलाई सुझाएका छन् ।कार्यक्रममा समाजसेवी मान बहादुर श्रेष्ठ,ज्ञानेसवोर श्रेष्ठ, लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्त, बिद्यालयको शिक्षक शिक्षाकाहरुको समेत उपस्थिती रहेको थियो ।

जिल्लाका अन्य बिद्यालयहरुमा पनि स्वास्थ्य सम्बन्धी कार्यक्रम आगामी दिनमा थप गर्दै लगिने फाउन्डेसनका अध्यक्ष ज्ञानेसवोर श्रेस्ठले बाताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend