logo
  • शनिबार, असोज १० २०८३

डडेल्धुरामा खानेपानी विवादमा खुकुरी प्रहार गरि एक जनाको हत्या


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोविन्द भण्डारी, अछाम फागुन ८।
डडेल्धुराको कोटेलीमा खानेपानीको बिषयमा भएको विवादले एक जनाको ज्यान गएको छ । धारामा आउने पानीको बिषयलाई लिएर कोटेली १ न्वाघरका ३७ बर्षिय शेर बहादुर साउँदको स्थानीय २४ बर्षका भीम बहादुर भूलले हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

तल्लो धारामा पानी खोल्दा माथिल्लोमा नआउने समस्या रहेको उक्त ठाउँमा साउदले आफ्नो टोलको धारामा पानी नआएको भन्दै तल्लो धारा प्रयोग गर्दै आएका भूललाई धारा बन्द गर्न आग्रह गर्दा खुकुरी झिकेर बिहान साढे सात बजेतिर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। मृतकका परिवारका सदस्यका अनुसार भीमबहादुरले प्रयोग गर्दै आएको धारामा लगाईएको टुटि बन्द नगनरुञ्जेल शेरबहादुरको धारामा पानी नआउने समस्या रहेका कारण भीम बहादुरलाई शेर बहादुरले धारा बन्द नगरेमा पाईप काटिदिने भनेपछि एक्कासी आएर छातिमा खुकुरी घोचेका हुन् ।

खुकुरी प्रहार लगत्तै साउदलाई अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएको जनाईएको छ। खुकुरी प्रहार गर्ने भीम बहादुर भूललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।लामो समयदेखी विवादमा रहेको सो ठाउँको खानेपानीको बिषयमा पटक–पटक जिल्ला प्रशासन र प्रहरी प्रशासनमा उजुरी परेको थियो । तर प्रशासनले बेवास्था गर्दा हत्या सम्मको घटना घटेको स्थानीयको दावी छ ।

लामो समयदेखी स्थानीयले विवाद मिलाउन प्रशासनसँग आग्रह गर्दै आएको भएपनि प्रशासनले आनकानी गरेकै कारण हत्या सम्मको अपराध शिर्जना हुन पुगेको भन्दै प्रशासनको आलोचनासँगै आक्रोस पाखेका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेका र स्थानीय बिषयबस्तुलाई मिडियामा पु¥याउन रिपोर्टको भुमिकामा समेत रहेका व्यक्तिको हत्या गरिनु प्रति स्थानीयले आक्रोस पोखेका छन् ।

अतिक्रमित वन खाली गराइयो कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्टर जग्गा हिजो खाली गराइएको छ । केही समयदेखि वन अतिक्रमण गरी बस्दै आएका १ सय ५ परिवारलाई त्यहाँबाट हटाएको सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

स्थानीय प्रसाशन, प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वनका पदाधिकारी र वन रक्षकको सहयोगमा उक्त जग्गा खाली गरिएको हो । नजिकै रहेको भेटघाट शिविरबाट उनीहरु सामुदायिक वन अतिक्रमण गर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend