साझा नेटवर्क
गुल्मी, फागुन ८ ।
गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज दशौँ वर्षमा प्रवेश गरेको छ । शान्ति र समानताको प्रतिक नारासहित स्थापना भएको रेडियो आजदेखि सफलतम दशौँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न पक्षसँग अन्र्तक्रिया कार्यक्रम, रेडियोको विभिन्न गतिविधिहरुको बारेमा समिक्षा र आगामी दिनमा रेडियोलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको छ ।
गुल्मीको ऐतिहासिक स्थल अर्जुन डाडाँमा रेडियोको नवर्निमित भवन र टावरको शिलन्याससँगै वार्षिकोत्सव कार्यक्रम अर्जुन डाडाँमा सम्पन्न गरिएको छ । रेडियोका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियोका सञ्चालक शेयर सदस्य ,रेडियोका कर्मचारी,संवाददाताहरु लगायत सयौँको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवशरमा रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले रेडियोलाई यस अवस्थासम्म ल्याई पुराउन सहयोग गर्नुहुने सम्पुर्ण शभचिन्तकप्रति धन्यवाद प्रकट गदै आगामी दिनमा रेडियोलाई अझ सशक्त र प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्य राखेको बताउनुभयो । स्टेशन म्यानेजर अनिता खत्रीले अब रेडियोलाई क्षमता बृद्धि गरि एक हजार वाटको बनाउने लक्ष्य रहेको बताउदै सबै पक्षको सहयोगको आशा व्यक्त गदै रेडियोलाई प्रभावकारी बनाउन आफु लागी परेको बताउनु भएको थियो ।
वार्षिकोत्सवकै अवशरमा रेडियोको वार्षिक साधारण सभा समेत सम्पन्न गरिएको छ । रेडियोले गरेका विविध गतिविधिको बारेमा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको थियो ।भने कार्यक्रमको सञ्चालन सञ्चालक कृष्ण प्रसाद पोखरेलले गर्नुभएको थियो ।कार्यक्रमकै अवशरमा विभिन्न क्षेत्रमा रहेका स्थानिय समचारदाताहरुसँग रेडियोलाई थप प्रभावकारी व्यवसाीक बनाउन कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।
गुल्मी जिल्लाका व्यवसायी, बुद्धिजीवी, समाजसेवि र संचारकर्मीहरुको लगानीमा २०६४ साल फागुन ७ गते रेडियो सथापना भएको थियो । पहिलो रेडियोको रुपमा शान्ति र समान्ताको प्रतिक नारा सहित ५ सय वाट क्षमता सहित रेडियो प्रशारण गरिएको थियो । सदरमुकाम तम्घासमा स्टुडियो राखेको रेडियोले एस्टियल लिकं प्रविधि मार्फत २ हजार मिटर अग्लो अर्जुन डाडाँमा रहेको आफ्नै टावरबाट प्रशारण गदै आएको छ ।
आम नागरीकको सुचनाको अधिकारको प्रत्याभुति गराउने,सुचना ,शिक्षा,सञ्चार र मनोरञ्जन प्रदान गर्ने,नेपाली कला साहित्य,सिर्जना र संस्कृतिको संरक्षण गर्ने,धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याउने ,शान्ति र समतामुलक समाजको निर्माणमा सहयोग पुराउने लगायतका विभिन्न उद्देश्य राखि स्थापना भएको रेडियोले अहिले लाखैँ स्रोतको मन जित्न सफल भएको छ ।
त्येसो त सामाजिक विकृति विषङगती विरुद्ध ,चेतना जगाउने सामाजिक असमान्ताको अन्त्य गर्ने ,व्यापार व्यवसायको प्रर्वधन र पहिचानमा सहयोग पु¥याउने खालका कार्यकक्रम तथा सामाग्रीहरु प्रस्तुत गदै गुल्मी जिल्लाको विकासमा कोशे ढुङ्गा सावित भएको छ । रेडियोको स्थापना भएपछाडि ग्रामिण क्षेत्रका दुर दराजमा रहेका नागरीकहरुले संञ्चारको पहुँचमा रहेको महसुश गर्न थोलका छन् ।
रेडियोले व्यवसायीक क्रियाकलापहरुलाई भन्दा ग्रामिण जनस्तर उकास्ने खालका सामाजिक कार्यक्रमहरुलाई बढी प्राथमिकता दिँदै आएको छ । व्यवसायीक रेडियोको रुपमा स्थापना भएपनि आफ्ना प्रस्तुति मार्फत समाजमा सामुदायिक रेडियोको भुमिका निर्वाह गरीरहेको छ । रेडियो पश्चिमाञ्चल क्षेत्रका लुम्बिनि ,गण्डकी,,धवलागिरी,राप्ती र भेरी अञ्चलका अधिकांश जिल्ला र भारतका केही शहरहरुमा समेत सजिलै सुन्न सकिने भएकाले लोकप्रियता कमाएको छ । पछिल्लो समय प्रविधिको विकाससँगै रेडियो विभिन्न अनलाईन तथा मोबाइल एप्लीकेशनमा सुन्न सकिन्छ ।
रेडियोको आफ्नै अनलाइन www.radioresunga.com.np तथा आफ्नै मोबाइल एप्लीकेशन Radio Resunga मार्फत विश्वभर सुन्न सकिन्छ । साथै हाम्रो पात्रो डिजिटल नेपाल, लगायतका एप्लीकेशन मार्फत पनि इन्टरनेटको पहुँचमा हुनेले विश्वका जुनसुकै कुनामा पनि रेडियोलाई सुन्न सकिन्छ । साथै प्रशारणको छोटो अवधिमै इक्वेल एक्सेस नेपालको सहयोगमा अमेरीकी सहयोग नियोगले गरेको रेडियो स्रोत सर्वेक्षणमा समेत यो रेडियो, नेपालका एफ.एम.स्टेशन मध्ये कार्यक्रममा पाँचौ र समाचार प्रसारणमा छैटोै नम्बरमा पर्न सफल भएको थियो ।
वार्षिकोत्सवकै अवशर पारेर अर्जुन डाडाँमा सञ्चालन भएको कार्यक्रममा अर्जुन भगवती मन्दिर परिसर सरसफाई गर्नका निम्ति रेडियो सञ्चालक समितिका सदस्य यज्ञ पन्थीले नगद रु २० हजार र विभिन्न जातका १ हजार विरुवा दिने घोषणा गर्नुभएको छ । सोही कार्यक्रममा अर्जुन भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाई हस्तान्तरण गर्नुभएको थियो । अर्जुन क्षेत्रको विकास र प्रर्वधनका लागि सबै पक्ष एकजुट हुन सक्ने हो भने अर्जुन लेकलाई पर्यटकीय गनत्व्यको रुपमा विकास गर्न सकिने कार्यक्रममा सहभागीहरुले बताउनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend