logo
  • शनिबार, असोज १० २०८३

मुक्ति समाजको भेला प्रशिक्षण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी फागुन ७।
नेकपा एमालेको दलित संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी गुल्मीले आज एमाले पार्टी कार्यालयमा एक दिवसीय अगवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ । भेलामा नेकपा एमाले ५ नम्वर प्रदेश संयोजक निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै जिल्ला सचिव सोमनाथ सापकोटा, मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनार , नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली , कृष्ण घिमिरे , राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द सुनार , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए ।

जिल्लाका तिन वटै क्षेत्रका अगुवा कार्यकर्ता सहभागी गराएर एमालले आशन्न स्थानिय निकायको निर्वाचन र दलित अधिकारका सम्वन्धमा प्रशिक्षण दिएको आयोजकले बताएका छन् । मुक्ति समाजका जिल्ला अध्यक्ष दलबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण नेपालीको स्वागत मन्तव्य र सचिव धनेन्द्र बिकको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend