logo
  • शनिबार, असोज १० २०८३

प्रजातान्त्रिक योद्दा राईको सम्झनामा रक्तदान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, ललितपुर फागुन ७ ।
२००७ सालका प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रामप्रसाद राई फाउण्डेशन नेपालको आयोजनामा फाल्गुण ७ गते शनिवारका दिन जननायक राईको सम्झनामा रक्तदान आयोजना गरिएको थियो ।
केन्द्रिय रक्तसंचार सेवा बालकुमारी ललितपुरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले राईको स्मृतिमा रगत दान गर्नुभएको थियो ।
जननायक राईको सम्झनामा प्रत्येक वर्षको फाल्गुण ७ गते प्रजातन्त्र दिवसका अवसरमा फोउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गर्दे आएको छ । रक्तदान गर्ने सवैप्रति फाउण्डेशनले हार्दिक आभार समेत प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend