साझा नेटवर्क
देबेन्द्र केसी, पाल्पा फागुन ७।
एथार्थपरक गिति एल्बम “बैमानीको जालैमा परियो”को म्यूजिक भिडियोको तानसेन , बतासेडाँडा, आर्यभन्ज्याङ, नायर चौपारी, मुस्लाङ खोला हुँदै छापचौरमा ल्याएर सुटिङ सम्पन्न गरिएको छ ।
मोफसलका चर्चित नृत्य निर्देशक सुमन थापाको नृत्य निर्देशनमा सम्पन्न भिडियोमा सुमन थापा, देबी थापा, देबेन्द्र केसी, रबिन बस्याल र बबिता पन्थी र बबिता बिष्टले अभिनय गरेका छन । स्वर्गीय आईसा न्यौपानेको लय रहेको एल्बमको शब्द धनेन्द्र न्यौपानेको रहेको छ ।
ईन्द्र जिसी, धनेन्द्र न्यौपाने, टिका पुन र माया गुरुङले स्वर भरेका छन । मोफसलकै चर्चित छायाँकार सन्तोष बस्यालले खिचेको भिडियोको ग्रुप नृत्यमा सहारा कला केन्द्र पाल्पाका कलाकारहरुको मनमोहक नृत्य रहेको छ । “हामी फरक शैलीको म्यूजिक भिडियो बनाएका छौ ।
एक गल्तिले जिबन बर्बाद बनेको बिषय बस्तुलाई उठान गरिएको छ । गायक धनेन्द्र न्यौपानेले भन्नुभयो । अबैध समन्धले बिवाहित जिबनमा परेको असरलाई देखाउन कुनै कसर छोडेका छैनौ गायक न्यौपानेले थप्नुभयो । धनेन्द्र न्यौपाने कै लगानीमा निर्माणाधीन एल्बमलाई टि टाईम म्यूजिकले बजारमा ल्याउदैछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend