साझा नेटवर्क
कुसुम नेपाली, गुल्मी फागुन ५।
बुधबार गुल्मीको सदरमुकाम तम्घासमा गरिएको बजार अनुगमनका सन्दर्भमा विभिन्न मिडियाबाट प्रकाशित तथा प्रसारित समाचारहरु प्रती गुल्मी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहिवार संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयद्वारा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै संघ जिल्लामा व्यवसाय गर्ने व्यवसायीहरुको हकहितका लागि स्थापित सामाजिक संस्था भएको भन्दै बुधबार भएको बजार अनुगमनमा संघको नाम जोडिनु आश्चर्य जनक भएको बताएइको छ ।
वि.सं. २०४० साल देखि नै तम्घास बजारमा पसल बन्द गर्ने गरिएको भन्दै तम्घासको बसपार्क नजिकै रहेको पैंचो पसललाई शनिबार पसल बन्द गर्न गरिएको अनुरोधलाई चेतावनीको रुपमा समाचार प्रकाशित र प्रसारित हुनु खेद जनक भएको समेत उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त पैंचो पसलबाट अखाद्य तथा राजस्व छली गर्ने अभिप्रायले काटिएका १५० ठेली भन्द बढी Estimate Bill छोपिए पछि जोगिनको लागि संघलाई लगाइएको आरोप प्रती वाणिज्य संघले घोर भ्रत्सना गरेको हो ।
बुधबार तम्घासको बसपार्क नजिकै रहेको पैंचो पसल प्रा.लि.मा नेपाल आपूर्ति मन्त्रालय तथा जिल्ला प्रशासन कार्यलय गुल्मीले अनुगमन गरेको थियो । मन्त्रालयका शाखा अधिकृत ओम प्रसाद पाण्डेको नेतृत्वमा आएको अनुगमन टोलीले उक्त पसलमा सिल गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend