logo
  • शुक्रबार, असोज ९ २०८३

राजेश हमाल, सरोज खनालदेखि एलिसा राईसम्म एउटै भिडियोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, फागुन ५ ।
गीतकार आलोक चाम्लिगं राईको गीत “जय जय नेपाल”को भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।
पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend