logo
  • शनिबार, असोज १० २०८३

शिद्धपुर प्रा.वि.को ४१औँ वार्षिकोत्सव सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली, बाग्लुङ, फागुन ४ ।
शिद्धपुर प्राथमिक विद्यालय दगातुम्डाँडा २ नौटुवा बाग्लुङको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आजदेखि सुरु भएको छ । आजको भएको पहिलो दिनको कार्यक्रममा दगातुम्डाँडा गाविसका अध्यक्ष एवम सचिव गिता पौडेल, खडकदेवी मावि तुम्डाँडाका प्रध्यानाध्यापक बेदप्रसाद पोखरेल, नेपाली काङगे्रसका नर बहादुर थापा, नेकपा एमालेका रेम बहादुर भुजेल, राष्टिय जनमोर्चाका नरेन्द्र घर्ती, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्शद कमल पौडेल, दगातुम्डाँडा स्वास्थ्य चौकीका प्रमुख इन्चार्ज यान बहादुर श्रेष्ठ, भुपु सैनिक कल्याण संघ दगातुम्डाँडाका सचिव टंक भुजेल, विद्यालयका संस्थापक एवम सल्लाहकार चुरा वहादुर अधिकारी, वडा नागरिक मञ्च दगातुम्डाँडा २ का संयोजक पुर्ण बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दगातुम्डाँडा गाविसको नमुना प्राविको रुपमा स्थापित शिद्धपुर प्राविको आर्थिक तथा शैक्षिक प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक इश्वर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको पिटी तथा शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालय सेवा क्षेत्र भित्रका जेष्ठ नागरिक बेल कुमारी कार्की, उत्कृष्ट शिक्षक मिना पोखरेल एवम कार्यक्रमका प्रमुख अथिति एवम गाविस सचिव गीता पौडेललाई सम्मान समेत गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, शिक्षक फुल कुमारी थापाको स्वागत मन्तव्य एवम शिक्षक खुम बहादुर पच्याको सञ्चालनमा सम्पन्न भएको थियो । फागुन ५ गते अर्थात भोली विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने विभिन्न अन्तरसदनात्मक प्रतिस्पर्धात्मक कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend