logo
  • शनिबार, असोज १० २०८३

नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा भुसाल निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी फागुन ३ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाँचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । अधिवेशनबाट अध्यक्ष समेत रहेका नवराज भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
निर्वतमान अध्यक्ष समेत रहेका भुसालको अध्यक्षतामा १५ सदस्यि जिल्ला कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा अनिल खत्रि, महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा टोप लाल अर्याल, सहसचिवमा नारायण मरासिनि, सहसचिवमै घनस्याम खरेल, कोषाध्यक्षमा तेजिन्द्र श्रेष्ठ रहेका छन् ।

समितिको सदस्य सदस्यहरुमा रामकृष्ण कंडेल, राजेन्द्र पन्थी, धनकुमारी नेपाली, कौरव खत्रि, रेशम कुँवर, छवि पाण्डे, दधिराम खनाल रहेका छन् । अधिवेशनले केन्द्रिय सभासद्मा हरिकुमार श्रेष्ठ, घनश्याम गौतम, जनार्दन घिमिरे, हरिकुमार पोखरेल, कमल पौडेल, गगनशिला खड्का, प्रेम सुनार रहनु भएको छ। त्यस्तै प्रादेशिक सभासद्मा हेमलाल भण्डारी, ज्ञान वहादुर महतरा, तिलक महत, गणेश सारु, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, तारा प्रसाद भुसाल, मदन पौडेल चयन भएका छन् ।

अधिवेशनको अवसर शाखाले सम्पन्न गरेको नवनिर्मित महासंघको भवन समेत उद्घाटन गरिएको थियो । नेपाल पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले सो नवनिर्मित भवनको उद्घाटन गरेका थिए । गुल्मी शाखाले ४७ लाख ९८ हजारको कुल लागतमा अध्यक्ष निवास सहितको सुचना प्रविधि मैत्रि भवन निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend