logo
  • शनिबार, असोज १० २०८३

मानव नेपालद्वारा छात्रवृति बितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जनार्दन घिमिरे, गुल्मी फागुन २ ।
गुल्मीमा मानव नेपाल नामक एक संस्थाले संस्था स्थापनाको अवशरमा छात्रवृति वितरण कार्यक्रमको आयोजना गरेको छ । रोजगारिको शिलशिलामा विदेश गएका गुल्मी भाडगाँउका व्यक्तित्वहरुको सक्रियतामा उक्त संस्था स्थापना गरिएको हो ।

संस्था स्थापनको पहिलो कार्यक्रम अन्र्तगत भाडगाउँ माध्यमिक विद्यालयमा अध्यनरत विपन्न एवं जेहेन्दार एक छात्र र एक छात्रालाई नगद ११ हजार र १४ हजार रुपैंया छात्रवृति स्वरुप प्रदान गरिएको हो । यसरी छात्रवृति पाउनेहरुमा छात्र पिताम्बर पाण्डे र छात्राभावना भट्टराई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले उक्त छात्रवृति रकम हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संस्थाले शुरु गरेको पहिलो सामाजिक कामको सह्राना व्यक्त गर्दै आउँदा दिनहरुमा यस्ता परोपकारी भावनाका कामहरुलाई अघि बढाउँदै लैजान संस्थाका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको थियो । मानव नेपालका अध्यक्ष विजयशर्मा खनालको सभापतिव्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंका पुर्व अध्यक्ष जनार्दन घिमिरे, समाजसेवी देव खत्री लगायतले मन्तव्य व्यक्त गर्दै संस्थाले आगामि दिनमा यसैगरि रचनात्मक कामहरु गर्दै जान आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा स्वदेश तथा विदेशमा रहेर पनि संस्थालाई सहयोग गर्ने हाल अमेरीकामा रहनुभएकी दुर्गा खत्रीकी आमा तील कुमारी खत्री, भुवन खत्रीकी श्रीमती तारा खत्री, उत्तम खत्रीका वुवा तीलक बहादुर खत्री, कृष्ण खत्रीका वुवा होम वहादुर खत्री, कृष्ण थापाकी श्रीमती लक्ष्मी थापा र लेख बहादुर खत्रीका वुवा लील बहादुर खत्रीलाई कार्यक्रममा सभापति र प्रमुख अतिथिद्वारा सम्मान समेत गरिएको थियो । स्थानीय विभिन्न समाजसेवी व्यक्तित्वहरु सहभागि उक्त कार्यक्रमको संचालन शिक्षक यमलाल पाण्डे र स्वागत देव बहादुर खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend