साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
भनिन्छ संघर्ष गर्ने व्यक्ति कहिले आतिदैन नत कहिले मातिन्छन । हो यस्तै संघर्षशिल सर्जक तथा गायक हुन् शिब कार्की । बिगत केहि बर्ष देखि लोकदोहोरी क्षेत्रमा लागिरहेका कार्की यो बेला चर्चामा छन ।
छोटो समयमा धेरै दर्शक श्रोताको मनमा बसेका शिबको जन्म सोलुखुम्बु जिल्ला मुक्ली गाबिस -१ मा माता नैना कार्की र पिता सार्के कार्कीको कोखबाट जन्म लिएका कार्की आफ्नो लगनशीलतालाइ सांगीतिक क्षेत्रमा प्रस्तुत गरिरहेका छन ।
आधा दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याइसकेका शिब कार्कीले पछिल्लो पटक अलिक उताउलो पाराको लोकदोहोरी गीत बजारमा ल्याएका हुन् । ”क्या फिगर”नाम दिएको गीत यो बेला डिजिटल बजारमा चर्चामा छ । गायिका ज्योति मगर संगको सहकार्यतामा शिब ले “क्या फिगर”बजारमा ल्याएका छन ।
गीतमा शब्द संकर घायलको रहेको छ भने संगीत पुस्कर सुनुवारको रहेको छ । क्या फिगर यो बेला चर्चामा छ भने शिबलाइ पनि दिन परतिदीन नया नया गीत गाउने अफर आएको छ । शिबको सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend