साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १ ।
खड्क देवि प्रावि कुर्घा ७ गुर्जाङ गुल्मीका प्रधानाध्यापक कुलराज शर्माको ३० लाख अक्षयकोष स्थापना गर्ने सपना पुरा भएको छ। दलित तथा जनजाती वाहुल गरिव परिवारका वालवालिकाले अध्ययन गर्ने विद्यालयमा अक्षय कोष मार्फत दिवा खाजा, पोसाक, स्टेसनरी सामाग्रि व्यावस्था गर्ने उद्धेश्य अनुरुप स्थापना गरिएको अक्षय कोषको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो।
विद्यालयको रजत महोत्सवको अवसर पारेर सो अक्षयकोषको उद्घाटन तथा चन्दादातालाई सम्मन गरिएको हो। सो कार्यक्रमको उद्घाटन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेले शैक्षिक क्षेत्रको विकासको लागी सवै जागरुक हुनु पर्ने वताउनु भएको छ। कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले शान्ति र शिक्षालाई उत्पादन संग जोड्नु पर्ने वताउनु भएको छ।
विद्यालयहरुले शैक्षिक गुणस्तर वृद्धिमा सोच्नु पर्ने भन्दै सामाजिक विकास गर्न नसक्ने शिक्षा हुन नसक्ने वताउनु भएको छ। एक फरक प्रसंगमा पन्तले संविधान कार्यान्वयन आजको आवश्यकता भएको भन्दै सो कार्यका लागी सवै दल मिल्नु पर्ने वताउनु भएको छ। कार्यक्रममा व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय का प्रशिक्षक सिमा दिदि र भानुप्रकाश पौडेलले शिक्षामा आध्यात्मीकताको महत्व विषयमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा पूर्व प्रधानाध्यापक महेश्वर घिमिरे, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय इन्द्रेगौडाका पूर्व प्रधानाध्यापक घनश्याम खरेल, नेकपा एमाले कुर्घा का अध्यक्ष खड्क वहादुर खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय कलाकार थानेश्वर गौतम लगाएतका कलाकारले आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक कुलराज शर्माले ऐतिहासिक पृष्ठभूमि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राम वहादुर खड्काको अध्यक्षता तथा व्रहमकुमारी विश्व विद्यालय का ब्रहमकुमार रविन भाईको सञ्चालनमा सम्पन्न भएको थियो। पञ्चैवाजा, भजन लगाएत स्थानीय झाँकी सहित को कार्यक्रम सफल वनाउन सहयोग गर्ने रेडियो, सञ्चारकर्मि, तथा सहयोगदातालाई सम्मान गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend