logo
  • शनिबार, साउन ९ २०८३

जिल्ला अस्पताल गुल्मीमा पदभार ग्रहण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, गुल्मी फागुन १ ।
जिल्ला अस्पताल गुल्मीमा अस्पताल स्थापना कालदेखिकै पहिलो पटक कन्सल्टेण्ट जनरल फिजिसियनका रुपमा डा. ज्ञानहरी मरासिनीले नि .मेडिकल सुपेरिन्टेण्डेण्ट पदमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणको अवसरमा निवर्तमान निमित्त मेडिकल सुपेरिन्टेण्डेण्ट डा. श्यामकिशोर चौधरीले अस्पतालको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो भने अस्पताल विकास समितिका अध्ययक्ष विनोद पाण्डेले नयाँ पदभार ग्रहण गर्नुहुने डा. ज्ञानहरी मरासिनीको अनुभवबाट सेवाग्राहीहरुले सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने साथै कार्यकालको सफलताको शुभ कामना व्यक्त गर्नु भएको थियो ।

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend