logo
  • शनिबार, असोज १० २०८३

जनचेतना मुलक समस्या न्यूनिकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ माघ २७।
प्रहरी चौकी खर्वाङको आयोजनामा त्रिभुवन मावि खर्वाङका कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध, जवरजस्ती करणी, घरेलु हिंसा, र ट्राफिक सम्वन्धि जनचेतना मुलक समस्या न्यूनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी नायव निरिक्षक भोज वहादुर वानियाको कमाण्डमा हवल्दार मदन प्रकाश सुनार र ट्राफिक प्रहरी जवान सुरेन्द्र लम्सालले सो कार्यक्रममा सहजिकरण गर्नुभएको थियो। जनचेतना मुलक सो कार्यक्रमवाट लागु औषधको प्रयोग, घरेलु हिँसा, जवरजस्ति करण लगाएतका घटनामा कमि आउने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै ट्राफिक नियम सम्वन्धि जानकारीले विद्यार्थीहरुलाई सडकमा जिम्मेवार वन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो कार्यक्रम अन्य विद्यालयमा तथा साना कक्षाहरुमा पनि सञ्चालन गरिने प्रहरी चौकी खर्वाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend