साझा नेटवर्क
प्रेम सुनार, गुल्मी माघ २६ ।
अति सिमान्तकृत वोटेमाझी समुदाय, दलित र गरिव दलितका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वम्घा वलेटक्सार युवा क्लवले सहयोग अभियान जारी गरेको छ ।
पदम प्रावि बौवाँ वम्घा, हरिशिद्धी प्रावि रिमुवा ,आँधीपाटा प्रावि वम्घामा रहेका अधिकांस ति समुदाय र वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने अभियान तिव्र पारिएको क्लवका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
उनले सवै पक्ष संग सहयोगको अपिल समेत गरेका छन् । त्यस्तै क्लवका सचिव पदम श्रेष्ठले आफुहरुको यो अभियानलाई सफल पार्ने देश विदेशमा रहेका गुल्मीवासी संग सहयोगका लागि अनुरोध गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend