साझा नेटवर्क
दोहा, माघ २६।
नेपाली मुस्लिम समाज कतारले यहि मार्च १० मा माहाधिबेशन गर्ने घोषणा गरेको छ । सस्थाका कार्यबहाक महासचिब हजरत अलि खानले दुइ बर्ष देखी अधिबेशन गर्न नसकेको नेतृत्वका कारण सस्था धरापमा र पकेटमा रहेको भन्दै तोकिएकै समयमा महाधिबेशन गर्नुपर्ने बताए । उनले भने, गत २८ अक्टोबर,२०१६ मा भएको सर्बसम्मत महाधिबेशन गर्ने आयोजक कमिटीको निर्णय भएको थियो ।

पछिल्लो समयमा सस्थाका अध्यक्ष र संरक्षक उक्त महाधिबेशनबाट भाग्दै गरेकालेबाध्य भएर उपाध्यक्ष यासिनको अध्यक्षतामा महाधिबेशन आयोजक कमिटी घोषणा गरेका छौं । उप्त अधिवेशन उपाध्यक्षको अध्यक्षतामा बहुमत सदस्यहरू बसि निर्वाचन कमिटी, बिधान मस्यौदा कमिटी, आर्थिक कमिटी र सस्थाको तीन क्षेत्रहरू मध्य दूई क्षेत्रका अध्यक्ष, सल्लाहकार लगाएत सम्पुर्ण पदाधिकारीहरुको बैठकले पारित गरेको थियो । २१ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाइएको छ ।
निर्वाचन कमिटी संयोजकमा महम्मद हुसेन खान ,बिधान मस्यौदा कमिटी समयोजक इन्जिनियर ऐयुब खान, ब्यबस्थापन संयोजक मौलाना खालिद र आर्थिक कमिटी संयोजक अत्तहर खान बैठकले सर्बसम्मत चुनिएका छन् । समाजका क्षेत्रीय अध्यक्षद्धय मुम्जान मिया र महम्मद हुसेन खानले निश्पक्ष तरिकाले भव्यताका साथ अधिवेशन सफल बनाउने र अन्तिम समय सम्म अध्यक्ष र संरक्षकलाई पनि महाधिबेशनमा सामेल गराउने प्रतिवद्धता जनाएका छन् ।
यहि फेब्रुअरी १ देखी सदस्यता नबिकरण र नयाँ सदस्यता बितरण खुल्ला भएको जानकारी गराउदै फेब्रुअरीमा २८ सम्म सदस्यता नबिकरण र नयाँ सदस्यता फारम बुझाई सक्नु पर्ने छ । उम्मेद्बारी दिने समय मार्च १ देखी अन्तिम ५ मार्च सम्म रहेको भन्दै नेपाली मुस्लिम समाज कतारको महाधिवेशन भब्यताको साथ सम्पन्न गराएर सस्थालाई निकास उदेश्य रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend