साझा नेटवर्क
कमल सरगम ,काठमाण्डौ
राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा आज २ ओटा गीतको सामुहिक बिमोचन सम्पन्न भएको छ । दौतरी क्रियसन प्रालिको प्रस्तुतिमा रहेको शुभ श्री लुङ्गेली “झम्के”को लोकदोहोरी एल्बम “आमालेत छोडेर गैहालिन” र योगेस बर्माको “ठान्यौ सानी कच्चा”को गीत एक साथ् बिमोचन भएको हो ।
नेपाली सामाजिक कथामा अनुबन्धित आफ्नो पिता प्रबासमा रहदा एता माता अर्कै संग गएको बिषय बस्तुलाई समेटिएको लोकदोहोरी गीत “आमालेत छोडेर गैहालिन”बजारमा आएको हो गीतमा शुभ श्री लुङ्गेली “झम्के” र बाल गायिका श्रीतु आले मगरले आवाज दिएका छन् भने लय अहिलेका व्यस्त संचारकर्मी तथा सर्जक रामचन्द्र श्रेष्ठले दिएका हुन्
गीतमा शब्द शुभ श्री लुङ्गेली “झाम्केको रहेको छ भने अर्को गीत “ठान्यौ सानी कच्चा”मा आवाज देवी घर्ती ,योगेस बर्मा र अहिलेका व्यस्त पत्रकार तथा गायक अर्जुन घिमिरेको रहेको छ भने लय तथा शब्द तथा लय योगेस बर्माकै रहेको छ उक्त दुवै गीतलाई दौतरी क्रियसन प्रालिले बजार ब्यबथापन गरेको छ ।
राष्ट्रिय लोकसंचारकर्मी नेपालको अध्यक्ष हरि बल्लभ नेपालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend