साझा नेटवर्क
संगिता कुवँर, टोकियो ।
प्रवासमा आईपर्ने समस्या,बढ्दो चुनौती र गर्नुपर्ने समाधानको बिषयमा टोकियोमा अन्तरक्रिय कार्यक्रम हुने भएको छ । बाँके बर्दिया मैत्री समाज जापानको आयोजना नेपाली राजदुतावास जापान र गैर आवसीय नेपाली संघ ,जापानको बिशेषसहयोगमा बिभिन्न क्षेत्रका बिषय बिज्ञहरुको उपस्थीतीमा फेब्रुवरी ५ तारिक आइतबार बिशेष अन्तरक्रियाको हुने भएको हो ।
बिशेष गरि जापानमा बस्ने नेपाली संख्यात्मक रुपमा बढेपनि आत्महत्या,बिधार्थीका समस्या,स्वास्थ्य समस्या र ब्यवसायीका समस्या बढीरहेकाले समस्या र समाधानबारे छलफल गर्न गर्न जापानमा रहेका बिज्ञहरुसंग अन्तरक्रिया कार्यक्रम गर्न लागीएको बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष जनक बिक्रम साहिले बताउनुभयो ।
कार्यक्रममा प्रवासमा नेपालीहरुका समस्या,चुनौती र समाधान बिषयमा विभिन्न बिषयबस्तु भित्र रहेर बिज्ञहरुकोप्रस्तुति रहनेछ ओम गुरुङ, महेश श्रेष्ठ , अनुज थापा , जिज्ञान कुमार थापा , डा. होम बहादुर रिजाल , डा .प्रकाश शाक्य , डा. सन्दीप शाक्य , डा.विजय ज्ञवाली , अनिता गुरुङ , प्रदिप थापा लगायतका प्रमुख बक्ताहरुको प्रस्तुति हुनेछ ।
अन्तरक्रिया कार्यक्रममा जापानमा रहेका बिभिन्न जिल्लाका समाजहरुको पनि सहकार्य रहेको छ । कार्यक्रम टिकेपी कन्फेरेन्स सेन्टर सिन्जुकु टोकियोमा आईतबार १ बजेदेखि सुरु हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend