logo
  • शनिबार, असोज १० २०८३

जुम्लामा छोराले गरे बुवा आमाको हत्या


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जुम्ला, माघ १९ ।
जुम्लामा छोराले बुबा आमालाई ढुंगाले थिचेर हत्या गरेका छन् । जुम्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षे वीरबहादुर ऐडीले आफ्ना ४५ वर्षका बुबा गोरबहादुर र ५० वर्षे आमा जयरुपालाई घर नजिकैको बारीमा ढुंगाले थिचेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जूम्लाका अनुसार विहान ११ वजे बारीमा हत्या गरेको जानकारी पाएपछि मणिसाघु स्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वरुजित विकको टोली घटना स्थल पुगेको थियो ।

घटना स्थल मणिसाघु प्रहरी चौकीदेखि डेढ घण्टा पश्चिमतिर पर्छ । हत्यामा सलंग्न छोरा वीरबहादुरलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक विष्णुहरी काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend