साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली माघ १९।
भारतको राजधानी नयाँ दिल्लीमा क्रियाशील गैरराजनितिक एनजिओ साईकृपा चेरिटेबल ट्रस्टले अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनपछि तिसहजारी स्थित नेपाल आवाज दैनिकको कार्यालयमा पत्रकार सम्मेलन गरिमा पिताम्बर खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरेको हो ।
नवनियुक्त कार्यसमितिमा उपाध्यक्ष सन्दिप भाट, महासचिव बिष्नु खड्का, सचिव बिष्नु पौडेल र कोषाध्यक्षमा गोपाल पाण्डे हुनुहुन्छ । त्यसैगरि मीडिया बिभाग प्रमुख बिष्नु केसी, सुरक्षा तथा अनुशासन बिभाग प्रमुख भानु बन्जाडे, बजार ब्यवस्थापन बिभाग प्रमुख सुरेन्द्र पाण्डे, सांस्कृतिक बिभाग प्रमुख राजु परियार पनि प्रवासी नेपाली बिच चयन हुनु भएको छ भने सदस्य हरुमा ओपी शर्मा, माधव पाण्डे, रामचन्द्र खड्का र राजु भाट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पत्रकार सम्मेलनमा ट्रस्टले देबेन्द्र कुँवर, बिन बहादुर केसी, ललित जिसी, जेनी थापा, बिके कृष्णा, गोबिन्द पोख्रेल र सुमित्रा नेपालीलाई सर्वसम्मत सल्लाहकारमा नियुक्त गरेको छ। सम्मेलनमा बोल्दै निबर्तमान अध्यक्ष बिष्नु केसीले भुकम्प पछि थिलो थिलो भएको नेपाल लाई अलिकति भएपनि मल्हम लगाउन पाउदा र एकजुटता देखाउन पाउदा नेपालीपनको आभास भएको बताउनु भयो ।
सम्मेलनमा ऐभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिजका महासचिव मोहन कार्की र नेपाल आवाज पब्लिकेसनका अध्यक्ष देबेन्द्र कुँवर नयाँ कार्यसमिति घोषणा गर्दै शुभकामना दिएका थिए । सम्मेलनमा ऐभरेष्ट चेम्बर अफ कमर्सका उपाध्यक्ष राम नेपाल, सुपादेउराली टुर एण्ड ट्रावल्सका अध्यक्ष हरि भट्टराई, सगरमाथा चेरिटेबल ट्रस्टका अध्यक्ष दिल बहादुर खत्री ने.ज.स. गुड्गाँवका ललित जिसी, नेपाल पत्रकार महासंघ भारत शाखाबाट गोबिन्द पोख्रेल, नेपाली सांस्कृतिक परिवार फाउंडेशनका महासचिव राजेस कोईराला, पत्रकार अर्जुन खनाल, ऐक्यबद्धता मासिकका नयाँ दिल्ली प्रतिनिधि देबेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले नयाँ कार्यसमितिको प्रगतिको कामना गर्दै सांस्कृतिक कार्यक्रमबाट अलिकति माथि उठेर प्रवासी नेपालीहरुको हकहितमा पौरख खर्चिदै नेपालीको गौरव बन्न सुझाव दिनुभएको थियो । सामान्य रात्रीभोज सहित सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन ट्रस्टका महासचिव बिष्नु खड्काले गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend