साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ माघ १९ ।
सांगीतिक जगतमा एउटा फरक धारको गीत “नयाँ पार्टी ” दर्शक तथा श्रोताको माझमा सार्बजनिक भएको छ । मिलन बिसी, राम गहतराज र यशोदा कार्कीको स्वरमा रहेको गीतको शब्द संगीत पनि मिलन बिसी र राम गहतराजको रहेको छ ।
बिसेष गरि राजनीतिक छेत्रमा देखिएका अन्याय अत्याचार तथा घटना परिघटना हरुलाई समेटेर तयार गरिएको गीतको दृश्य निर्माण अविरल फिल्मस्ले गरेको छ भने भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन ।
बुटवलका चर्चित कलाकारहरुलाई राखेर निर्माण गरिएको भिडियोमा हास्य कलाकार बिष्णु जी पाण्डे माइल बा , चर्चित कार्यक्रम उद्घोषिका शितल शर्मा, दान्बिर, रेशम, सिता लगायत अन्य कलाकार हरुको बेजोड अभिनय भिडियोमा देख्न सकिन्छ ।
नेताहरुले जनताहरुको माझमा देखाएका झुठा आस्वासन हरुलाई गीतमा व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । राम चन्द्र भट्टराईले छायांकन गरेको भिडियोमा सगुन शर्मा को शृंगार रहेको छ । बुटवल र सेना मैनामा शूटिंग गरिएको भिडियो अत्यन्तै रमाइलो र यथार्थ बनेको छ । दर्शक श्रोताको पर्खाइमा रहेको गीत अविरल फिल्म्स को युटुब च्यानल देखि आजै मात्रै सार्बजनिक भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend