साझा नेटवर्क
सुवास विश्वकर्मा, गुल्मी माघ १९।
मलेसियामा २०६२ सालको फाल्गुन ०४ गते ज्यान गुमाएका एक युवाका परिवारले १२ वर्षपछि आर्थिक सहायता पाएका छन् ।मलेसिया कम्पनीले गुल्मी जुभुङ्ग ०१ का जीत बहादुर खड्काको परिवारलाई ७ लाख ५२ हजार रुपैयाँ पठाइदिएको हो ।
यो रकम मलेसियामा गरिएको बीमा वापतको हो । उहाँका परिवारले काम गर्ने कम्पनीले परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको थियो । पत्र पाउन साथ खड्का १२ वर्षीय छोरा प्रताव खड्का र उनको श्रीमती रकम लिन काठमाडौ गएका थिए ।
छोरा पेटमा भएको समयमा श्रीमान्को मृत्यु भएपछि तीनओटा छोरालाई खाना तथा लताकपडा र पढाउन निकै कठिन भएको थियो । छोरालाई पढाउन लागेको ऋण तिदै पैसा ठिक्क हुने भयो खड्काकी श्रीमती पार्वती खड्काले भन्नु भयो ।
खड्काको परिवारलाई कम्पनीबाट पाउने रकम उपलब्ध गराउन कन्सुरल विभाग केन्दले सहयोग गरेको थियो । बुबाको मृत्यु पछि पैसा पाएका खड्काका कान्छा छोरा प्रतावले भने, १२ वर्षाको म भए, १२ वर्षमा त पैसा पाए तर मैले कहिल्यै बुबालाई देख्न र बुबासंग रमाउन पएन, ।
सूचनाकेन्द्रको सहयोगमा खड्काका कागजत वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, परराष्ट्र मन्त्रालय, दूतावास हुँदै कम्पनीमा र्पुयाइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend