साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १८ ।
देसमा बढ्दो भष्टचार, तस्कर, लुटतन्त्र, राजनितिक बैमानीलाई व्यङ्ग्य गर्दै काललले नर्कमा लैजान गायक पशुपती शर्माले आग्रह गरेका छन् । उनले देस बिगार्ने सबै पापीलाई कालले ट्याप्प टिपी लाई लैजान आग्रह गरेका छन् । समाजमा यथार्थ घटनालाई टपक्क टिपेर उनले आफनो गितमा व्याग्यात्मक प्रहार गरेका छन् ।
केहि अघि बजारमा सार्वजनिक भएको लोकगित मार्फत उनले देस बिगार्ने सबैलाई किरा परोस र कालले लैजान आग्रह गरेका छन् । आफ्नै लय शब्द रहेको एकल एल्वम “आइजा ओइ काल” मा उनले भष्टचारी, देस बिगार्ने सबैलाई कालले नर्कमा लैजान आग्रह गरे । गायक शर्माले आफनो उक्त गितमा राम्रो कामको प्रशंसा गर्दै देस बिगार्ने, देसमा असहज परिस्थिति नित्याउने सबैलाई नर्कमा लैजान कालसंग आग्रह गरेका छन् ।
नेताहरु मिलेर देस टुक्रा टुक्रा पारे तर भत्केको देस बनाउन तर्फ ध्यान नदिएको उनको गितले खबदारी गरेको छ । भ्रष्टचारी, पापीहरु प्रति रोगव्यादि, झाडापखला सबै तिनिहरु प्रति जानु पर्ने उनको गितमा समाबेश गरेका छन् । देसमा पाप भित्रियो गरि खाने भन्दा चोरी खाने प्रबृतिलाई उनले खबदारी गरेका छन् । नराम्रो काम गर्नेहरु नर्कमा जान्छन् र नर्कमा जानुपर्ने उनको गितमा समेबेश गरिएका शब्दाका भाव रहेको छ ।
भ्रष्टचारी, पा पीहरुलाई नर्कमा पनि ठाउँ नहुने उनको गितको कथा बस्तुमा राखिएको छ । आशिष म्युजिक प्रलिले बजारमा ल्याएको गितमा गितकार श्रीकृष्णबम मल्ल र गायक शर्मा आफनै अभिनय रहेको छ । गितले समाजको यथार्थ घटनालाई गितमा समाबेश गरेर सामाजिक सन्देस दिन खोजेको गायक शर्माको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend