logo
  • शनिबार, असोज १० २०८३

७८ वर्षको उमेरमा बाजै बजाएर विवाह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी
प्रेम सुनार गुल्मी,माघ १७ ।
एउटा हातमा लौरो साहरा अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी । यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सविात्रा न्यौपाने संग प्रेम सम्वन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ । उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी,दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गाणमा आयोजित पुनस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोसाल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् । भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाच गान गर्दै पुनरविवाह समेत गरी दिएका छन् ।

पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाईएको छ ,दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend