logo
  • शनिबार, असोज १० २०८३

नव प्रतिभा वचत तथा ऋण सहकारीको अध्यक्षमा अर्याल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ माघ १७ ।
नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७ खर्वाङ बागलुङको २० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सनिवार सम्पन्न भएको छ। अधिवेशनले आगामी ३ वर्षको लागी होमनाथ अर्यालको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ। जसको उपाध्यक्षमा विष्णु भुसाल, सचिवमा दुर्गादत्त अर्याल, कोषाध्यक्षमा खगिश्वर अर्याल, सह सचिवमा प्रेमलाल अर्याल रहनु भएको छ।

त्यस्तै सदस्यहरुमा होसियार सिंह थापा, यदुमणि खरेल, जुना विक, वोम वहादुर थापा, वेल वहादुर थापा, डिप्लोमा खरेल, जमुना सापकोटा, कृष्ण कुमारी राना, गणेशमान चालिसे, र शेर वहादुर श्रीस रहनु भएको छ। त्यस्तै अधिवेशनले नरिश्वर खरेलको संयोजकत्वमा तिन सदस्यिय लेखा समितिको गठन गरेको छ। जसको सदस्यहरुमा शिवलाल पोखरेल र महलाल पौडेल रहनु भएको छ। त्यस्तै कोषाध्यक्ष खगिश्वर अर्यालको संयोजकत्वमा ३ सदस्यिय ऋण समितिको गठन गरेको छ। जसको सदस्यहरुमा होसियार सिंह थापा र वेल वहादुर थापा रहनु भएको छ।

अधिवेशनले विष्णु प्रसाद खरेलको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ। जसको सदस्यहरुमा कृष्ण प्रसाद खरेल, वेद प्रसाद पोखरेल, अग्नीधर अर्याल, सुर्य वहादुर अधिकारी रहनु भएको छ। त्यस्तै शिक्षा उपसमितिमा संयोजक कमल पौडेल, सदस्यहरुमा लक्ष्मण वराल, डोलेन्द्र राना, जंग वहादुर वलामी, वुद्धिवल चालिसे रहनु भएको छ। त्यस्तै अनुगमन समितिमा संयोजक शिवलाल वन, सदस्यमा विना थापा, इश्वरी पोखरेल, गोकुल गिरि, प्रेम पुन रहनु भएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा दगातुन्डाडा गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका चुमाकान्त पोखरेल, नेकपा एमालेका रेम वहादुर भुजेल, राष्ट्रिय जनमोर्चाका भिमसेन वन, दिदि वहिनी महिला सहकारीका सचिव विना कुमारी थापा, खड्क देवि माविका प्राचार्य वेद प्रसाद पोखरेल, सारथी संचार सहकारीका सहसचिव एवं रेडियो सारथीका समचार प्रमुख कमल पौडेल, पशुसेवा केन्द्र का प्रमुख महेन्द्र राज पन्थी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णु प्रसाद खरेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगिश्वर अर्यालले आर्थिक प्रतिवेदन, तथा सचिव दुर्गादत्त अर्यालले भावि कार्यक्रमको वजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्य मध्येवाट जेष्ठ नागरिकलाई सम्मान, शेयर सदस्य मध्यका सामुदायीक विद्यालयवाट एसएलसि परीक्षामा उच्च अंक प्राप्त गर्ने छात्र छात्रा तथा सामुदायीक विद्यालयलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष होमनाथ अर्यालको स्वागत मन्तव्य, कर्मचारी मनकुमारी घिमिरेको स्वागत गित तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीमा २ हजार एक सय ८२ जना शेयर सदस्य रहेका छन्। १ करोड ४५ लाख ६ सय २२ शेयर पुँजी रहेको सहकारीको कुल सम्पत्ति ८ करोड ८३ लाख ७२ हजार २६३ रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend