-मनिकला महतारा ।
स्वदेशबाट हेर्दा प्रवासीएका नेपालीहरू सुख शन्ति सम्पन र प्रवृधिको नजिक छन । वेरोजगारीको चरम समस्यामा पिल्सीएको नेपाल र नेपाली युवाहरूको बाध्यताले गर्दा दक्ष युवा शक्तिलाई फ्री भिसा र फ्री टिकटको नाममा विकसित राष्ट्रहरू दिनहु हजारौको संख्यामा किन्दै छन ।
प्रत्येक दिन दुई वा तीन जना नेपालीको शवलाई त्रिभुवन विमान स्थालमा पठाउने अनि आफन्तलाई जिम्मा लगाउने क्रम पनि निरन्तर चलिनै नै राखेको छ । देशमा भिन्दै किसिमको तनाव छ । दैनिक प्रकासनमा आउने समाचार अनुसार असभ्य राजनैतिक दलका अराजक कृयाकलापका करणले देशको सान दिनानुदिन खस्किदै गएको छ । देशलाई टुक्रा-टुक्रामा विभक्त पार्न खोजीएको छ ।
हिजो आएको बैदेसिक रोजगारको सिलसिलामा ज्यान गुमाउनेलाई २७ लाख दिने घोषणाले त झन प्रवासी नेपालीलाई एकका तर्फ खुशी बनाएको छ भने अर्को तर्फ दुखी पनि बनाएको छ । हुन त मातृभूमिले लखेटेर सात समुन्द्र पारी पुगेका हरेक प्रवासी नेपालीमा हजारौ दु:ख पीड़ा चोट ग्लानी र तनावहरू अनगिन्ती छन ।
आफ्नो देशमा राम्रो रोजगारीलगयत सबै सुखशान्ति र सुबिद्या भए येसरी आफ्नो देश बनाउना छडेर हरेक दिन हजारौ को सँख्यामा दक्ष जनयुवा सक्ति पलायन हुने थिएन होला । अहिले घोषणा गरीकेको वैदेशिक रोजगारको सिलसिलामा मृतभएको लाई २७ लाख दिने घोषणा पत्रले सबै दक्ष युवा शक्ति देश छोडेर विदेश जाउँ, त्रिभुवन विमान स्थलमा दुईको साटो दुईसय शव संख्या बढ़ाऊ, अनि नेपाललाई कि त भारत बनाउ कि चीनमा मिसाउ भन्नी उदेश्य हो कि जस्तो लाग्यो ।
आज बन्द भोलि बन्दले देश खस्किदो अवस्थामा छ । बेरोजगारीमा पिल्सि राखेको बेला विदेशमा मरिसकेपछि २७ लाख दिनु भन्दा नेपालमा नै केही मात्रामा भएपनि दक्ष जन शक्तिलाई रोजगारीको अवसर दिइ नेपाललाई सम्पन्न बनाउने तर्फ लगाई हजारौ विदेशिने युवाको संख्यालाई घटाउँदै जाओस ।
नेपाल सरकारले नया-नया प्रविधिहरू ल्याओस भन्ने विश्वको कुना कुनामा रहेको हरेक नेपालीको चाहना हो । अन्तमा देश भासियो भने हामी कुन अनुहार लिएर देश फर्किने ? नेता ज्यू बिन्ती छ हामी प्रवासी फर्किने बाटो बचाई देउ । हामी तनाव मुक्त भई स्वदेश फर्कन चाहान्छौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend