साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
गायक रबिन लामिछानेको गीति एल्वम “रक्सि कसले बनायो” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको “रक्सि कसले बनायो” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
अहिलेका युवा पुस्तालाई समेटेर बनाइएको गीत पश्चिमेली भाका भएपनि यसको ताल पुर्वको चन्डी तालमा छ । यो गीत कमेडी मात्र नभएर समसामयिक र सन्देश मुलक पनि हो । दोहोरिमा पहिलो पटक चण्डी तालको प्रयोग गरिएको छ ।
समाज रुपान्तरका लागि गितबाटै शब्द कोर्ने गायक तथा शब्द संगीतकार रबिन लामिछानेले यसअघि पनि थुप्रै यस्ता सन्देस मुलक गित बजारमा ल्याइसकेका छन । मिठो स्वरका धनि गायक लामिछानेलाई गायीका शान्ति श्री परियारले साथ दिएकी छिन । गीतमा चर्चित सर्जक शिव हमालको संगीत रहेको छ ।
शब्द गायक लामिछानेको आफ्नै रहेको छ । यस गितलाइ बिक्रम चौहानले निर्देशन गरेका छन् । बासु बरालको छायाँकन रहेको गीतमा चर्चित मोडल आसा खडका र सुरज रावलको दमदार अभिनय रहेको छ । गितको म्युजिक भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend