logo
  • शनिबार, असोज १० २०८३

शेषकान्त मैदान वालविकास केन्द्रको भवन उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ माघ १४।
शेषकान्त मैदान वालविकास केन्द्र दगातुन्डाडा ७ खर्वाङको भवन आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। सो भवन उद्घाटन गर्दै जिल्ला विकास समिति बागलुङका सामाजिक विकास अधिकृत भेषराज शर्माले सामाजिक विकासको लागी व्याक्तिगत तहवाट पहलकदमी गर्ने हातहरुलाई उच्च सम्मान गर्नुपर्ने वताउँदै त्यस्ता सहयोग देशविकासकै लागी अग्रणी हुने वताउनु भएको छ।
शर्माले सो वालविकास केन्द्रले व्याक्तिगत स्वार्थ रहित गुणस्तरयुक्त वालवालिका विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जग्गा दाता तथा चन्दादाता कालिका खरेल, संचार सहकारी संघ बागलुङका जिल्ला उपाध्यक्ष विष्णु प्रसाद भुसाल, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भवन निर्माण समितिका डिप्लोमा खरेलले ७ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम वालविकास केन्द्र संचालक समितिका अध्यक्ष माया घिमिरेको अध्यक्षता, सल्लाहकार समितिका सदस्य कृष्ण प्रसाद खरेलको स्वागत मन्तव्य तथा दगातुन्डाडा गाविसका सामाजिक परिचालक गिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

२०६८ सालमा स्थापना भएको वालविकास केन्द्र निजि श्रोतमै संचालन हुँदै आएको छ। दगातुन्डाडा गाविसले वालविकास सहयोगीको सामान्य तलव भत्ताको व्यावस्था गरेको छ भने जिर्ण भवन मा संचालन भैरहेको सो केन्द्र जग्गा दाता कालिका खरेल र उहाँका छोरा ध्रुव खरेलको थप पहल र टुंगनाथ खरेल लगाएतलको सहयोगदाताको सहयोगवाट निर्माण सम्पन्न भएको हो।

भवन निर्माणको लागी टुंगानाथ खरेलले ६० हजार, जग्गादाता समेत रहेका ध्रुव खरेलले ५० हजार, अल्पकालिन सेवा केन्द्र खर्वाङले ७ हजार, नन्दराम खरेलले ५ हजार लगाएतको सहयोग वाट संकलित रकम र ध्रुव खरेल मार्फत जापानमा रहेका नेपालीहरुले संकलन गरेको झण्डै साढे ३ लाख रकम वाट सो भवन निर्माण भएको हो।

सो भवन निर्माणको लागी दगातुन्डाडा ७ का जेष्ठ नागरिक, एकल महिलाहरुले आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्तावाट कट्टीहुने गरि २७ जनाले ३२ सय ५० समेत हस्तान्तरण गर्नुभएको थियो । सो भवनको निर्माण संगै वालवालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend