logo
  • शुक्रबार, असोज ९ २०८३

“रिमझिमै पानी” सालैजो गीत बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

डोलबहादुर विक, पाल्पा माघ १४ ।
अन्जना सारु र शेरजङ्ग आलेको रिमझिमै पानी सालैजो गीत बजारमा आएको छ । मगरी परिवेशमा आधारित मगरी संस्कृति, परम्परा गाउँको सामाजिक अवस्थालाई समेटिएको गीतमा सारु र आलेले स्वर दिनुभएको छ ।
आशिष म्युजिक प्रालि काठमाण्डौबाट भर्खरै बजारमा भिडियो सार्वजनिक भएको यो गीतको निर्देशन नविन घर्ती मगरले गर्नुभएको हो । म्युजिक भिडियोमा तिर्सना आले र कृष्ण बरालको मुख्य अभिनय रहेको छ । मनोज चौहान मगरले छायाङ्कन गरेको गीतमा शेरजङ्ग आलेको शब्द संकलन र खेम राना मगरले संगीत दिनुभएको छ ।

मगरी संस्कृति, सामाजिक परिवेशलाई गीतमा समेटिएकोले पनि गीतले लोकप्रियता पाउँने अपेक्षा गरेको गायक शेरजङ्ग आले बताउँनुहुन्छ । पाल्पाको जल्पा–८, ढोलीमारामा छायाङ्कन भएको यो गीतले अत्याधिक श्रोता, दर्शकको मन जिल्ने गायिका अन्जना सारुले बताउँनुभयो ।

म्युजिक भिडियोमा मगरी भेषभुषा, गाउँको सामाजिक, आर्थिक, रोजगारी लगायतका अवस्थालाई यथार्थ चित्रण गरिएको छ । आलेको यस अघिका आफ्नै संसार, बालै फरर लगायतका गीत पनि निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend