logo
  • शुक्रबार, असोज ९ २०८३

कस्ले रोक्यो मेरो हुनलाई एकल लोकगीत बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुवास विश्वकर्मा, पाल्पा माघ १२ ।
घिताल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा नव गायिका नैना परियार र दिपेश परियारको एकल लोक गीति एल्बम “कस्ले रोक्यो मेरो हुनालाई ” बजारमा आएको छ । उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे, यति सम्म भयो कि भिडियो नबनाए सम्म कुनै पनि गित मिडियामा बज्दैनन ।

नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “कस्ले रोक्यो मेरो हुनालाई” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुरा गरिएको छ ।

“कस्ले रोक्यो मेरो हुनालाई” बोलको गीतमा छोटो समयमा एक दर्जनौ भन्दा बढी लोक दोहोरी तथा आधुनिक गीतमा स्वर तथा शब्द सृजना गरी सकेका सर्जक तथा गायक प्रमे लामिछाने मगरको लय रहेको छ । उक्त गीतमा नव गायिका नैना परियारको आवाज रहेको छ ।

यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “कस्ले रोक्यो मेरो हुनालाई” बोलको गीतमा सर्जक कमल भट्टराईक शब्द रहेको छ । मोडल पुरन गाहा र विजय बम्डेलको निर्देशन रहेको भिडियोमा मोडल पुरन गाहा र सृजना मर्सागीले अभिनय गरेका छन् ।

भिडियोलाई सुमन कार्कीले छायाँकन तथा रोशन घितालले सम्पादन गरेका हुन । कस्ले रोक्यो मेरो हुनालाई बोलको गितलाई घिताल फिल्मस् प्रा.लीले बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend