साझा नेटवर्क
काँडा पन्छाउनु छ एकदिन, फुल बाट ।
र अलग गराउनु छ मन्दिर त्रिशुल बाट ।
यसरी जिन्दगीलाई अब सबल बनाउँछु ।
पाठ सिकिरहेछु म बिगतका भुल बाट ।
हेर कसरी भुल्छु, तिमिले जस्तै मैले पनि ।
निस्की रहेछु बाहिर , आँसुका मुल बाट ।
कदापि म सम्झिदै सम्झिन्न , व्यथाहरुलाई ।
एक्लै हुने मन छ, तिम्रा यादका हुल बाट।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend