साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी माघ १०।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल विधुत्त प्रधिकरण शाखा कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी उक्त कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन कार्य गरिएको छ ।
नेपाल विधुत्त प्राधिकरण गुल्मी शाखाले प्रदान गर्ने सेवामा बिलिङ्ग रिडिङ्ग सिस्टममा कमजोरी देखापरेको, ग्रामीण क्षेत्रको टाढा टाढा बाट पनि यही नै विधुत्त महशुल बुझाउन आउनु पर्ने हुदाँ सेवाग्राही मर्कामा परेको,विधुत्त प्रवाह नियमित हुन नसकेको, लगायतका गुनासोहरु आएका थिए ।
उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend