साझा नेटवर्क
विमल नेपाली, बाग्लुङ माघ ८।
बाग्लुङ जिल्लाका खरालहरुको प्रथम जिल्ला अधिवेशन शुक्रबार खर्वाङमा सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनबाट कृष्ण प्रसाख खरालको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा नगेन्द्र खराल, सचिवमा कमल खराल, सह सचिवमा राधिका खराल, कोषाध्यक्षमा हेमलाल खराल र सदस्यहरुमा रामचन्द्र खराल, देवीराम खराल, दुर्गादत्त खराल, नारायण प्रसाद खराल र होमनाथ खराल रहनुभएको छ ।
अधिवेशनले केशव प्रसाद खरालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु प्रसाद खराल, शेषकान्त खराल, डिलाराम खराल र टीकाराम खराल रहनुभएको छ ।
देशभर छरिएर रहेका खरालवीच संगठन निर्माण गर्दै पुख्यौली बंश इतिहास निर्माण गर्ने, कुल धर्म रितिथिति, संस्कृतिको संरक्षण गर्ने उदेश्यसहित सम्पन्न अधिवेशनमा केन्द्रिय अध्यक्ष गुणाखर खरालको प्रमुख आतिथ्यिता एवम उपाध्यक्ष माधव प्रसाख खरालको विशिष्ट आतिथ्यिता रहेको थियो ।
कार्यक्रममा राधिका खराल, नगेन्द्र खराल, माधव प्रसाद खराल, गुणाखर खराल, रामचन्द्र खराल, टिकाराम खराल, विष्णु प्रसाख खराल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशन टिकाराम खरालको अध्यक्षता तथा केन्द्रिय सदस्य सागर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend