logo
  • शनिबार, असोज १० २०८३

नवप्रतिभा बचत तथा ऋण सहकारीको योजना तर्जुमा गोष्ठि सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली, बाग्लुङ माघ ८ ।
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुम्डाँडा ७ बाग्लुङको योजना तर्जुमा गोष्ठी खर्वाङ्गको जिविस हलमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२÷०७३ को समिक्षा तथा आर्थिक वर्ष २०७३÷०७४ को लागि नयाँ योजना तथा कार्यक्रमबारे उपस्थित शेयर सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

आगामी माघ १५ गते हुने २० औँ साधारणसभाको तयारी स्वरुप आयोजित योजना तर्जुमा गोष्ठीमा लेखा समिति सदस्य महलाल पौडेल, प्रकाश नेपाली, सल्लाहकार समिति संयोजक कृष्ण प्रसाद खरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष विष्णु खरेलले हालसम्मको प्रगति प्रतिवेदन र प्रबन्धक दुर्गा अर्यालले आठ करोड त्रियासी लाख बहत्तर हजार दुई सय त्रिसठठीठ्ठी बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम उपाध्यक्ष होमनाथ अर्यालको स्वागत, अध्यक्ष विष्णु खरेलको अध्यक्षता एवम प्रवन्धक दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend